रवि लामिछानेलाई रुपन्देही लगियो

रवि लामिछानेलाई रुपन्देही लगियो

rabi adalat

पोखरा । हिजो साँझ पुनः पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रूपेन्देही लगिएको छ ।

उच्च अदालत, बुटवलले पुनः पक्राउ गर्न आदेश दिए लगत्तै हिजो साँझ पक्राउ परेका लामिछानेलाई रूपेन्देही हिरासतमा राख्नका लागि बिहानै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल लगिएको थियो । उनलाई पहिलो फ्लाइटबाटै रूपन्देही लगिएको हो ।

प्रहरीका अनुसार आज र भोलि सार्वजनिक बिदान भएकाले लामिछानेलाई दुई दिन जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने छ ।
सुप्रिम सहकारीको रकम ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

उक्त आदेश लगत्तै प्रहरीले शुक्रबार राति लामिछानेको निवास बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरेको थियो । गएराति उनलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको थियो ।

यसअघि माघ १३ गते लामिछाने १ करोड धरौटी बुझाएर रिहा भएका थिए । जिल्ला अदालतको आदेश उच्च अदालतले उल्टाइदिएपछि उनी दोस्रो पटक पक्राउ परेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ