स्याङ्जाको पुतलीबजार नगरपालिका – ९ काल्खुमा चैत्र पूर्णिमाको अवसरमा ऎतिहासिक काल्खु मेला हुने भएको छ ।
विगत लामो समयदेखि नै चैत्र पूर्णिमाको अवसर पारी चैत्र पूर्णिमादेखि पञ्चमीसम्म सञ्चालन हुँदै आइरहेको ऎतिहासिक काल्खु मेला यस वर्ष पनि हुने भएको हो ।
जनसम्पर्क युवा क्लब काल्खुले ‘आजको आवश्यकता समाज विकासमा युवा अपरिहार्यता’ भन्ने मूल नाराका साथ यहि चैत ३० देखि बैशाख ५ गतेसम्म मेला सञ्चालन गर्ने तय भएको जनाएको छ ।
उक्त मेलामा जलकन्या उत्तरादेवी मन्दिरको दर्शन, साविक वडा/गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, छेलो हान्ने, रसि तान्ने, कुर्सी दौड, घैंटो फुटाउने प्रतियोगिता, विभिन्न सांस्कृतिक कार्यक्रमहरु साथै राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिसहित लाईभ दोहोरी रहने बताइएको छ ।
त्यस्तै, पुरुष भलिबल प्रतियोगितामा विजेता टिमले ८१ हजार, पहिलो उपविजेता टिमले ४१ हजार र दोस्रो उपविजेता टिमले २१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने अनुशासित टिमले १२ हजार नगदसहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यसैगरी, खुल्ला नृत्य प्रतियोगितातर्फ प्रथम हुनेले आठ हजार, द्वितीय हुनेले छ हजार, तृतीयले चार हजार र सान्त्वना हुनेले दुई हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । स्थानीय कला, सांस्कृतिक प्रदर्शन प्रतियोगितातर्फ प्रथम पुरस्कार १० हजार द्वितीय पुरस्कार पाँच हजार रहेको छ भने उपस्थित सम्पूर्ण टिमलाई दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिनेछ ।
सम्बन्धित खबर
पोखरामा शनिबार एमालेको बृहत् जागरण सभा
१० बर्षीया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै
तनहुँको भुजिकोट गाउँ चिनाउन नयाँ वर्षमा उकालो दौड प्रतियोगिता हुने
हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा भक्तजनको उपस्थिति बाक्लिँदै
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित