जाजरकोटमा ३ मिनेटको अन्तरमा दुई भूकम्प

जाजरकोटमा ३ मिनेटको अन्तरमा दुई भूकम्प

Earthquake vector frequency wave graph, seismic activity

जाजरकोट । जाजरकोट केन्द्रविन्दु भएरको शुक्रबार बेलुकी लगातार दुईवटा भूकम्प गएको छ ।

शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५.५ म्यानिच्यूडको भूकम्प गएको थियो ।

जाजरकोटको कुसे गाउँपालिका–९ पैक केन्द्रबिन्दु भएर छुट्टाछुट्टै धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लाहरुमा पनि महसूस भएको थियो ।

भूकम्पले कुशे गाउँपालिकामा केही घरहरु चर्किएका खबर आए पनि अरु क्षति नभएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ