राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता बुद्धिमान तामाङले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनको कमान्डर तोक्दा ध्यान नपुगेको स्वीकारेका छन्।
शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राजवादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई तोकेर गलत गरिएको बताएका हुन्।
त्यस्तै उनले राजतन्त्रलाई ‘भूत’ भनिएको भन्दै आपत्ति जनाए। ‘राजालाई किन भूत देख्नुहुन्छ? मेरो छोराछोरीलाई पनि म नमरेसम्म विरोध नगर भन्ने मान्छे हो। दुर्गा प्रसााईंलाई कमान्डर तोक्ने गलत कुरा हो, हुन सक्दैन,’ सांसद तामाङले भने, ‘२०१७ सालको जस्तो राजतन्त्रको कुरा बोल्ने बौलाहा हो।’
नेपालको संविधान गीता, बाइबल र त्रिपिटकजस्तो नभएकाले संशोधन गर्न सकिने उनको भनाइ छ। सांसद तामाङले आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष र महामन्त्रीलाई थुनामा राखिएकोमा आपत्तिसमेत जनाए ।
बैठकमा गृहमन्त्री रमेश लेखक उपस्थित थिए। उनले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनबारे समितिलाई जानकारी गराएका थिए।
राजावादीको हिंसात्मक प्रदर्शनमा दुईजनाको मृत्यु भएको थियो। भीडलाई उक्साएको आरोपमा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशम्शेर राणालाई पक्राउ गरी थुनामा राखेको छ।
सम्बन्धित खबर
एमाले बिनाको नेपाल? नातिको पालामा पनि आश नगरे हुन्छ: प्रधानमन्त्री
दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौँ ल्याइँदै
नेपाल प्रहरीको आधिकारिक भनाई –‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
ज्ञानेन्द्रलाई जति धोइपखाली गरेपनि संवैधानिक राजा बनाउन सकिँदैन : गगन थापा
त्रिविका भीसी बरालको राजीनामा कुलपतिद्वारा स्वीकृत
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुखलाई कारबाही गर्न कर्मचारी संगठनको माग
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित