बालेनको सचिवालय भन्छ: सबै जना जेल जान तयार भएर बसे हुन्छ

काठमाडौं महानगर विवाद

बालेनको सचिवालय भन्छ: सबै जना जेल जान तयार भएर बसे हुन्छ

sachibalaya

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भए । बिहीबार गुरागाईंले कर्मचारी र नगर प्रहरीबिचको तनाव झेल्दै कार्यकक्षमा पुगेर हाजिर गरेका हुन् ।

यसैबिच, मेयर बालेन शाहले गुरागाईंलाई रोक्न खोजेका थिए । महानगर प्रहरीहरूलाई बाक्लै रुपमा खटाइएको थियो। प्रहरीहरूलाई धकेल्दै गुरागाईं कार्यालय प्रवेश गरेका थिए।

नगर प्रहरीको अवरोधबिच प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा प्रवेश गराएका थिए।

यता मेयर शाहको सचिवालयले भने यो कुराले सरकार आफै भ्रष्टाचारी हो भन्ने स्पष्ट पारेको प्रतिक्रिया दिएको छ। मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले नागरिकसँग कुरा गर्दै सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको पनि बताएका छन्।

‘सरकारले भ्रष्टाचारमा संलग्न भएको व्यक्तिको संरक्षण गरेर आफैँ भ्रष्टाचारी हो भनेर स्पष्ट पारेको छ’, उनले भने,’उहाँले आफूसँग नभएको अधिकार प्रयोग गरिसक्नुभएको छ। अब अनुसन्धान गर्ने निकायले उहाँलाई दोषी देखाएमा सबै जना जेल जान तयार भएर बसे हुन्छ।’

शाहले गुरागाईँमाथि छानबिन गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्र पठाइसकेको बताए। आयोगले छिटो भन्दा छिटो अनुसन्धान गर्दिन पनि उनले माग गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ