मेयर बालेनलाई उपमेयरको सुझाव: मेयरले कार्यालय आएर समन्वय गर्ने हो, कोठाभित्र बसेर निर्देशन नदिनुस्

विवाद

मेयर बालेनलाई उपमेयरको सुझाव: मेयरले कार्यालय आएर समन्वय गर्ने हो, कोठाभित्र बसेर निर्देशन नदिनुस्

मेयर र उपमेयरबीच नै कित्ता क्लियर, सुनिताको सुझबुझपूर्ण निर्णय

balen sunita

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई सधैं साथ दिँदै आएकी उपमेयर सुनिता डंगोल बालेनको व्यवहारका कारण आज भने रुष्ट देखिइन्।

प्रमुख प्रशासकीय अधिकृत विवादमा बालेन कार्यालय उपस्थित नभएर कोठामा बसेर निर्देशन दिएको भन्दै समाधान खोज्न सुझाइन्।  सुनिताको सुझबुझपूर्ण निर्णयलाई वडाअध्यक्षहरुले साथ दिएका छन् ।

बिहीबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं साढे तीन महिनापछि हाजिर गर्न महानगरस्थित कार्यकक्ष पुगेका थिए। गुरागाईंलाई अवरोध गर्न बालेनले नगर प्रहरी परिचालन गरे पनि अवरोध छिचोल्दै गुरागाईं कार्यालय प्रवेश गरेका हुन्।

गुरागाईं कार्यालय पुग्दा उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारीले स्वागत गरेका थिए।

नगर प्रहरीले रोक्न खोजेपछि कर्मचारीले गुरागाईंको कार्यकक्ष प्रवेशद्वारमा तोडफोड पनि गरेका थिए। लगत्तै उपमेयर सुनिता डंगोलसहितको बैठक बसेको छ।

त्यस बैठकमा उपप्रमुख डंगोलले बालेनको चर्को आलोचना गरिन्। उनले हरेक घटनाक्रमबारे आफूहरू जानकार रहेको भन्दै बालेनलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिएकी हुन्।

उनले मेयर बालेनलाई कोठामा बसेर निर्देशन नदिन आग्रह गरिन् । उपमेयर डंगोलले गुरागाईंको विषयमा देखिएको समस्या महानगरमै आएर समाधान गर्न बालेनलाई आग्रह गरिन् ।

“मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनुभएको छ,” उनले भनिन्, “उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो होइन । कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन ।”

अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत गुरागाईं दोषी प्रमाणित नभएकाले काम गर्न दिनुपर्ने उनको तर्क छ । “त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ । हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएका छन् । क्यान्सरपीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नुहुँदैन,” उनले भनिन् ।

उनले अगाडि भनिन्, “यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन,” उनले भनिन् ।

उपमेयर डंगोलले नगरप्रहरी प्रमुख राजु पाण्डेलाई ताला लगाएको विषयमा प्रश्न गरेकी थिइन् । जवाफमा पाण्डेले मेयरको मौखिक आदेश आएको बताएका थिए ।

उनले अगाडी थपिन्, ‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ। उहाँ हाजिर गर्न आउँदा झडपको अवस्था हुनु राम्रो होइन। कर्मचारी–कर्मचारीबिच लडाइँ हुनु पनि राम्रो होइन।’

उपप्रमुख डंगोलले प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको पनि बताइन्।

‘त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ। हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएका छन्। क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ। अझै छानबिन गर्नुपर्ने भए गर्ने हो। तर, यो पीडामा राख्नु हुँदैन।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ