नेपाल समाजवादी पार्टीका अध्यक्षका डा. बाबुराम भट्टराईले राजावादीहरूले मरिसकेको राजतन्त्रको भूत जगाएर जनतालाई पुनर्स्थापनको विषाक्त ललीपप बाँड्ने कुचेष्टा गरिरहेको बतएका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले भने, ‘अहिले देशमा पुनः एक पटक ऐतिहासिक रूपले मरिसकेको राजतन्त्रको भूत जगाएर आफ्नो सामरिक स्वार्थ पूरा गर्ने बाह्य शक्ति र संघीय लोकतान्त्रिक गणतन्त्रबाट आफ्नो लूटको स्वर्ग गुमेकोमा मुर्छित आन्तरिक प्रतिगामी शक्तिहरूले कुशासन र अल्पविकासको निरन्तरताबाट विरक्तिएका सर्वसाधारण जनतालाई राजतन्त्र पुनर्स्थापनको विषाक्त ललीपप बाँड्ने कुचेष्टा गरिरहेछन्।’
डा. भट्टराईले गत चैत १५ गते काठमाडौँमा प्रदर्शन गरिएको आपराधिक प्रतिक्रान्तिकारी रिहर्सल त्यसैको एउटा कडी भएको जिकिर गरे।
यसैगरी उनले यस सन्दर्भमा कुख्यात दरबार हत्याकाण्ड लगत्तै पछि आफूले लेखेको र २०५८ असार १९ गतेको ‘जनादेश साप्ताहिक’ मा प्रकाशित र लेखसंग्रह (राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र, जनध्वनि प्रकाशन, २०६३ ) मा संकलित आलेख “राजतन्त्रलाई हेर्ने दृष्टिकोणबारे” पुनः चर्चा गरे।
यस्तो छ उनको स्टाटस:
अहिले देशमा पुनः एक पटक ऐतिहासिक रूपले मरिसकेको राजतन्त्रको भूत जगाएर आफ्नो सामरिक स्वार्थ पूरा गर्ने बाह्यशक्ति र संघीय लोकतान्त्रिक गणतन्त्रबाट आफ्नो लूटको स्वर्ग गुमेकोमा मुर्छित आन्तरिक प्रतिगामी शक्तिहरूले कुशासन र अल्पविकासको निरन्तरताबाट विरक्तिएका सर्वसाधारण जनतालाई राजतन्त्र पुनर्स्थापनको विषाक्त ललीपप बाँड्ने कुचेष्टा गरिरहेछन्।
गत चैत्र १५ गते काठमाण्डौमा प्रदर्शन गरिएको अपराधिक प्रतिक्रान्तिकारी रिहर्सल त्यसैको एउटा कडी हो।
यस सन्दर्भमा कुख्यात दरबार हत्याकाण्ड लगत्तै पछि मैले लेखेको र २०५८ असार १९ गतेको ‘जनादेश साप्ताहिक’ मा प्रकाशित र मेरो लेखसंग्रह ( राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र, जनध्वनि प्रकाशन, २०६३ ) मा संकलित आलेख “राजतन्त्रलाई हेर्ने दृष्टिकोणवारे” यहाँ पुनः प्रस्तुत गरेको छु।
सम्बन्धित खबर
ज्ञानेन्द्रलाई जति धोइपखाली गरेपनि संवैधानिक राजा बनाउन सकिँदैन : गगन थापा
त्रिविका भीसी बरालको राजीनामा कुलपतिद्वारा स्वीकृत
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुखलाई कारबाही गर्न कर्मचारी संगठनको माग
रविको मानवअधिकार हनन भएको भन्दै आयोगमा रास्वपाको उजुरी
सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरू थाके, ८४ सम्मै जान्छ : प्रधानमन्त्री
महाराज हिजो होइबक्सिन्थ्यो, अब छैनन् : गगन थापा
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर