भाटभटेनीमा रक्सी चोरेको अभियोगमा रास्वपा नेता डा. राई पक्राउ

पक्राउ

भाटभटेनीमा रक्सी चोरेको अभियोगमा रास्वपा नेता डा. राई पक्राउ

ram rai

काठमाडौं। राजा फर्काउने हिंसात्मक आन्दोलनको क्रममा  भाटभटेनीमा भएको लुटपाटमा रक्सी चोरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का नेता पनि पक्राउ परेका छन्।

काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचन क्षेत्र समिति खोटाङका संयाेजक समेत रहेका डा. राजकुमार राई पक्राउ परेका हुन्।

डा. राई राप्रपाका नेताहरुसँग पक्राउ परेका हुन् । प्रहरीले उनको गतिविधिलाई सिसी टिभीमा हेरेर पक्राउ गरेको हो। अमेरिकाबाट पिएचडी गरेका राई सिसिआरसी कलेजका निर्देशकसमेत रहेको बताइएको छ।

दुई जनाको ज्यान गएको प्रदर्शनमा प्रहरीले पक्राउ गरेका मध्ये ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अगाडि बढाएपछि उनी पक्राउ परेको पत्ता लागेको थियो। खोटाङ रावाबेसी गाउँपालिका-१ घर भएका राईलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ।

पहिलो पटक उनलाई ५ दिन र दोस्रो पटक ६ दिनको समय लिएर थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति पाएको छ।

गएको पुस १३ गते राई खोटाङको रास्वपा जिल्ला अध्यक्षमा पराजित भएका थिए।  उनी मुकुन्दकृष्ण थापासँग पराजित भएका थिए। रास्वपाले यस घटना बाहिरिएपछि उनी पार्टीको जिम्मेवारीमा नरहेको बताएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ