तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १० लाख दिने

तीनकुने प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई सरकारले १० लाख दिने

tinkune pradarshan

काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएका परिवारलाई सरकारले १०÷१० लाख दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको सचिवालयले जनाएको छ ।

उक्त घटनामा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान गुमेको थियो । उनीहरु दुवैको पोस्टमार्टम भइसकेको छ ।

पोस्टमार्टम रिपोर्ट अनुसार रजकको शरिरमा कुनै गोली नभेटिएको चिकित्सकले बताएका छन् । महर्जनको भने शरिरमा एउटा गोली लागेको भेटिएको थियो ।

सविनको मंगलबार नै दाहसंस्कार गरिएको छ । रजकको बुधबार दाहसंस्कार गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ