काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
बुधबार कोटेश्वर भाटभेटनी सुपरमार्केटमा कर्मचारी सम्मान कार्यक्रम आयोजना गरिएको कार्यक्रम बोल्दै उनले यस्तो घोषणा गरेका हुन्। उनले पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख दिने घोषणा गरे ।
यस्तै, चैत १५ गते राजावादीकाे हिंसात्मक आन्दाेलनकाे क्रममा कोटेश्वरको भाटभटेनी सुपरमार्केट लुटपाटको घटना नियन्त्रणमा बहादुरी देखाउने सुरक्षा गार्ड दुल (कृष्ण) प्रसाद पराजुली पुरस्कृत भएका छन्।
उनलाई आज एक कार्यक्रमबीच भाटभटेनी सुपरमार्केटले ५ लाख नगद रुपैयाँ र पाँच ग्रेड बढुवासहित सम्मान प्रदान गरेको हो।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत यही १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड पराजुलीलाई ५ लाख एक हजार एक सय ११ नगद रुपैयाँ पुरस्कार प्रदान गरेका छन्।
उनले पराजुलीलाई पाँच ग्रेड बढुवा गरिएको घोषणासमेत गरेका छन्। पराजुलीसँगै अन्य चारजना सुरक्षा गार्डलाई पनि ५१ हजार एकसय ५१ रुपैयाँ प्रदान गरिएको कम्पनीले जनाएको छ।
गएको शुक्रबार राजावादीहरूको हिंसात्मक प्रर्दशनका क्रममा भएको तोडफोड तथा लुटपाटबाट ८० लाख भन्दा बढीको क्षति भएको सो कम्पनीले जनाएको छ।
राजावादी समूहका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए। त्यसक्रममा सुरक्षा गार्ड पराजुलीले लुटेराहरुलाई लाठी प्रहार गर्दै बाहिर निकालेका थिए।
सम्बन्धित खबर
विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौँ दोस्रो
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
लेखक तथा वरिष्ठ पत्रकार भैरव रिसालको निधन
यी स्थानमा बदली र वर्षाको सम्भावना
कुलमानको पुनर्बहाली माग्दै काठमाण्डौमा प्रदर्शन
सरकारले नसुनेपछि शिक्षकहरूले निकाले सिठी जुलुस
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर