राङ्खोला – बिरुवा जोड्ने सडक धमाधम कालोपत्रे हुँदै

राङ्खोला – बिरुवा जोड्ने सडक धमाधम कालोपत्रे हुँदै

biruwa sadak kalopatre (1)

जिल्लाको पुतलीबजार नगरपालिका – १० राङ्खोला हुँदै बिरुवा गाउँपालिका जोड्ने सडक कालोपत्रे गर्ने काम भइरहेको छ । यहाँको राङ्खोलादेखि धोवादी सडकखण्डमा ६ किलोमिटर स्तरोन्नतिसहित प्रिमिक्स कालोपत्रे गर्ने काम भइरहेको हो ।

बिरुवा गाउँपालिका जोड्ने यो मुख्य सडक गणेशकुन्द इन्द्रयणी रक्तकन्या जेभी, काठमाडौंले भ्याट र पिएससहित १९ करोड ९३ लाख ५३ हजार १०४ रुपैयाँ ८८ पैसामा ठेक्का सम्झौता गरी स्तरोन्नतिसहित कालोपत्रेको काम गरेको हो ।

प्रदेश सरकारबाट विनियोजन भएको बजेटले सडकको स्तरोन्नति र कालोपत्रे गरिने पूर्वाधार कार्यालय स्याङ्जाका प्रमुख दयाराम अधिकारीले जानकारी दिए । उनका अनुसार कम्पनीले २०८० भदौ १२ गते गरेको सम्झौताअनुरूप ठेकेदार कम्पनीले २०८२ साउन २८ गतेसम्म काम सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

यो सडकखण्ड कालोपत्रे गर्नका लागि तीन हजार ८९१ घनमिटर मेसिनरी, दुई हजार ९६९.७५ घनमिटर प्लम्ब, तीन हजार १८० घनमिटर ग्याबिन, सबबेस, बेसको काम सकेसँगै चैत ७ गतेदेखि कालोपत्रे गर्न सुरु गरिएको बताउँदै निर्माण कम्पनीका ज्ञानराज घिमिरेले १७ दिनलाई बाटो बन्द गरेर सडक कालोपत्रे गर्ने कामलाई तीव्रता दिइएको घिमिरेले बताए ।

कालोपत्रे गर्ने क्रममा बाधा पुग्ने भएकाले यही चैत ७ देखि ३० गतेसम्म सवारी आवागमनमा भने रोक लगाइएको छ । अति आवश्यक पर्ने एम्बुलेन्स, दमकललगायतका सवारीलाई भने नरोकिने जनाइएको छ ।

निर्धारित समय अवधिभर विभिन्न चारवटा वैकल्पिक सडकबाट आवागमन गर्न सुझाइएको छ । बस र जीप सञ्चालनका लागि बिरुवा – ओरष्टे – ज्यामिरे हुँदै घुम्ती सदरमुकामको सडकखण्ड तोकिएको छ ।

यस्तै, जीप मात्र सञ्चालनका लागि तीनवटा वैकल्पिक सडकखण्ड तय गरिएको छ । जसमा बिरुवा – धोवादी – राङ्भाङ – ज्यामिरे घुम्ती स्याङ्जा, धोवादी – खाली खाङ्ग्राङ – ज्यामिरे घुम्ती स्याङ्जा र बिरुवा – बेलघारी – गुमार्दी – पेल्काचौर – जाँडखोला हुँदै स्याङ्जा सदरमुकामसम्मको सडकखण्ड तय गरिएको छ ।

बिरुवा गाउँपालिका सदरमुकाम पुग्ने यो सडक कालोपत्रेसँगै सबै १७ किमी बाटो कालोपत्रे हुने छ । यो सडक सिद्धार्थ राजमार्गबाट बिरुवा गाउँपालिका पुग्ने छोटो, सहज र मुख्य सडक हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ