लायन्सले पोखरामा अन्तर्राष्ट्रिय भलिबल गर्ने, उपाधि राशी ४ लाख ४४ हजार

भलिबल

लायन्सले पोखरामा अन्तर्राष्ट्रिय भलिबल गर्ने, उपाधि राशी ४ लाख ४४ हजार

पोखरा रंगशालाको कभर्ड हलमा आगामी बैशाख १८ देखि २२ गतेसम्म

IMG_1997

पोखरा: लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम, नेपालले पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

पोखरा रंगशालाको कभर्ड हलमा आगामी बैशाख १८ देखि २२ गतेसम्म लिगकम नकआउट फर्म्याटमा प्रतियोगिता आयोजना गर्ने आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

डिष्ट्रिक्ट गर्भनर चण्डीप्रसाद अर्यालले लायन्स अन्तर्राष्ट्रियस्तरमा १ सय ७ औं र नेपालमा ५३ औं वर्ष पूरा भएको अवसरमा उक्त प्रतियोगितामा आयोजना गर्न लागिएको बताए ।

उनका अनुसार सो प्रतियोगितामा विदेशीसहित कुल ६ टिमको सहभागिता रहने छ ।

अर्यालले गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, र पाकिस्तान भलिबल क्लब इस्लामावादको सहभागिता रहने बताउदै इरान र भारतको टिमसँग समन्वय भइरहेको जानकारी दिए ।

‘अहिलेसम्म पाकिस्तान र नेपालको गरी ५ वटा टिमको फाइनल भइसकेको छ । बाँकी १ टिमका लागि भारत र इरानी टोलीसँग कुराकानी भइरहेको छ । त्यो पनि छिट्टै फाइनल हुन्छ’, उनले भने ।

प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ, शिल्ड, मेडल तथा ट्रफी प्राप्त गर्नेछ ।

यस्तै, उपविजेताले नगद २ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ, शिल्ड, मेडल तथा ट्रफी हात गर्नेछ । भने, सान्त्वना स्थान गर्ने समूहले नगद १ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ, शिल्ड, मेडल तथा ट्रफीद्वारा पुरस्कृत हुनेछ ।

डिष्ट्रिक्ट गर्भनर लायन अर्यालले विधागत पुरस्कार राशीको पनि व्यवस्था गरिएको बताए ।

प्रतियोगिताको लिगचरणका खेलका लागि प्रवेश शुल्क ३ सय रूपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ