पोखरा चिप्लेढुंगाको डाँडाघरे दोहोरीमा आगलागी

आगलागी

पोखरा चिप्लेढुंगाको डाँडाघरे दोहोरीमा आगलागी

dohori sajh

 पोखरा । पोखरा महानगरपालिका-४ चिप्लेढुंगास्थित डाँडाघरे दोहोरी साँझमा आगलागी भएको छ ।

बिहीबार बिहान ५ बजे लागेको आगोले कुनै मानवीय क्षति भने भएको छैन । पोखरा-११ रानीपौवा बस्ने रामकृष्ण श्रेष्ठले संचालन गरेको दोहोरीमा आगलागीबाट झ्याल, ढोका, फ्रिज, फर्निचर, मदिरालगायत सामान जलेर नष्ट भएका छन् । विद्युत सर्ट भएर आगो लागेको अनुमान छ ।

दोहोरीमा आगलागी भएको सूचना पाउनेबित्तिकै घटनास्थलमा तत्काल दमकल पुगी प्रहरी र स्थानीयको सहयोगमा ०५:४५ बजे आगो पूर्ण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी निरीक्षक अविनाशदीप जि.सीले जानकारी दिए ।

घटनाको थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

भर्खरै

ट्रेन्डिङ