पोखराबाट अमेरिकन महिला अपहरण गरी फिरौती माग्ने युवती पक्राउ

अपराध

पोखराबाट अमेरिकन महिला अपहरण गरी फिरौती माग्ने युवती पक्राउ

हेटौँडा पुर्‍याएर ३३ लाख युरो फिरोती माग गरेको खुलासा

apa

पोखरा। कास्कीको पोखराबाट अमेरिकन महिलालाई अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका-४ की ३७ वर्षीया सरिता लामा रहेकी छन्।

उनले पोखराको लेकसाइडबाट ७० वर्षकी अमेरिकन नागरिकलाई अपहरण गरेर मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानी पुर्‍याएर ३ लाख युरो फिरोती माग गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए।

अमेरिकन महिलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा सकुशल उद्धार गरेको पनि जिसीले बताए। अमेरिकन नागरिक मुक्तिनाथ मन्दिर दर्शन तथा भ्रमणका लागि नेपाल आएकी थिइन्।

उनी त्यसअघि पोखराको एक होटलमा बसेको अवस्थामा सरिताले अपहरण गरेर फिरौती माग गरेको भन्दै नेपालस्थित अमेरिकन दूतावासले मंगलबार प्रहरीलाई जानकारी गराएको थियो।

त्यसपछि अनुसन्धान थालेको प्रहरीले आरोपिलाई तत्काल पक्राउ गर्न सफल भएको हो। सरितालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति पाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ