पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

bishnu

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ।

मंगलबार बिहान सम्पन्न अन्तिम मतपरिणाम अनुसार पोखरेलले १ हजार १०५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेवि संघका सुशील न्यौपानेले ५०३ ल्याए ।

यस्तै, अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले ४६९ प्राप्त गरेकी हुन् । अध्यक्षमै अखिल (क्रान्तिकारी) का नवीन अधिकारीले २२३, संयुक्त प्यानलका सन्तोष पौडेलले १९६, स्वतन्त्र उम्मेदवार कमल सुवेदीले ९९, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका दिप्सन गुरुङले ७६ र अखिल (छैटौं) का मिलन सुनारले २८ ल्याएको निर्वाचन समितिले जनाएको छ ।

अनेरास्ववियु सचिव र कोषाध्यक्ष पदमा पनि फराकिलो मतान्तर कायम गर्दै निर्वाचित भएको छ । सचिवमा बिराट दुवाडीले १४१३ मत प्राप्त गर्दा कोषाध्यक्षमा सन्दीका गुरुङले १३०४ मत ल्याएकी छन् । जब कि सचिवमा निकटतम् प्रतिस्पर्धी नेवि संघका विवेक भट्टराईले ६२८ र कोषाध्यक्षमा नेवि संघकै अमिषा यादवले ६४७ मत ल्याएकी छन् ।

प्रत्यक्षतर्फ ८ सदस्यमा अनेरास्ववियुका एलिशा भट्टराईले ११८७, सुशील अधिकारीले १२३५, विशाल लम्सालले १२८२, प्रचण्ड शक्ति गुरुङले १२५८, वृषभ चालिसले १२२६, अनुजराज अधिकारीले १२३७, जमुना शर्माले १२५४ र सुजन शर्मा सापकोटाले ११९६ मत प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ