नेकपा (एमाले) पोखरा ७ को वडा केन्द्रित अभिमुखिकरण कार्यक्रम सम्पन्न

नेकपा (एमाले) पोखरा ७ को वडा केन्द्रित अभिमुखिकरण कार्यक्रम सम्पन्न

485153229_1715607695713888_2249754588986158964_n

पोखरा । नेकपा (एमाले) पोखरा वडा नं. ७ कमिटीले वडा केन्द्रित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

केन्द्रीय कार्यक्रम अनुसार नेकपा एमालेलाई वडा र टोल स्तरबाटै बलियो बनाउन अभिमुखिकरण कार्यक्रम गरिएको हो । नेकपा एमालेका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेताहरूको सहभागितामा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभाका सदस्य भिम कार्कीले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताए ।  कार्कीले वर्तमान व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए।

वर्तमान व्यवस्थाको विकल्प राजतन्त्र नभएको उल्लेख गर्दै कार्कीले राजतन्त्र पुनःस्थापना हुने भ्रमबाट मुक्त हुन सम्पूर्ण नागरिकलाई आग्रह गरे।

सो कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य सृजना शर्मा, प्रदेश कमिटी सदस्य तेजनारायण अधिकारी, जिल्ला सदस्य एवम् वडा ईन्चार्ज पुरूषोत्तम रेग्मीलगायत उपस्थित रहेका थिए ।

पोखरा वडा नं. ७ कमिटी अध्यक्ष अनिल कुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा दिपक कार्कीले स्वागत र सञ्चालन अर्जुन थापाले गरेका थिए ।

त्यसअघि, राष्ट्रबैंक चोकबाट शुरू गरिएको र्‍याली रत्नचोक हुँदै माछापुच्छ्रे टोलको बुटिक चौतारा चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ