देशकै धेरै विद्यार्थी अध्ययन गर्ने पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियू चुनावको मतगणना जारी छ ।
पछिल्लो मतपरिणाममा पनि एमाले निकट अनेरास्वयिुको प्यानलको अग्रता कायमै छ । ७८६ मत गणना हुँदा अनेरास्ववियुका विष्णु पोखरेलले ३०७ मत पाएका छन् ।
कांग्रेसनिकट नेविसंघलाई भने स्वतन्त्र उम्मेदवारी दिएकी विप्लबी न्यौपानेले उछिनेकी छन् । उनले १४५ र नेविसंघका सुशील न्यौपानेले ११९ मत पाएका छन् ।
अहिलेसम्म कसको कति मत ?
अध्यक्ष
विष्णु पोखरेल (अनेरास्ववियु) ३०७
शुशिल न्यौपाने (नेविसंघ) ११९
विप्लवी न्यौपाने (स्वतन्त्र) १४५
नवीन अधिकारी (क्रान्तिकारी) ६२
सन्तोष पौडेल (संयुक्त प्यानल) ५३
कमल सुवेदी (स्वतन्त्र ) २९
दिप्सन गुरुङ (प्राज्ञिक परिषद) २०
मिलन सुनार (अखिल छैटौं) – ४
सचिव
विराट दुवाडी (अनेरास्ववियु) ३८९
विवेक भट्टराई (नेविसंघ) १५१
मिराज थापा (क्रान्तिकारी) ८०
कोषाध्यक्ष
सन्दिका गुरुङ (अनेरास्ववियु) ३७६
अमिषा यादव (नेविसंघ) १५८
सचिन पौडेल (संयुक्त प्यानल) ८०
मतदानमा २ हजार ८९७ विद्यार्थी सहभागी भएका थिए । क्याम्पसमा ९२७० मतदाता रहेकोमा ३१.२५ प्रतिशत मात्र मत खसेको हो ।
स्ववियु अध्यक्ष पदका लागि ८ जना चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षका लागि नेविसंघबाट सुशील न्यौपाने, अनेरास्ववियुबाट विष्णु पोखरेल, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल उम्मेदवार हुन् ।
अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले स्ववियु अध्यक्षमा उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि कमल सुवेदी र विप्लवी न्यौपानेले भने स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
०६५ पछि यस क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन । हालसम्म एमाले निकट अनेरास्ववियुकै वर्चश्व रहँदै आएको छ ।
चुनावी नतिजाका लागि यहाँ क्लिक गर्नुहोस्ः
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की