पृथ्वीनारायण क्याम्पसमा मतगणना: एमाले अखिललाई सुरूआती अग्रता

स्ववियु निर्वाचन

पृथ्वीनारायण क्याम्पसमा मतगणना: एमाले अखिललाई सुरूआती अग्रता

uml akhil pn

पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु चुनावअन्तर्गत मतगणना जारी छ । आइतबार भएको निर्वाचनको मतगणना सोमबार बिहान ९ बजेबाट सुरू भएको हो ।

जारी मतगणनामा नेकप (एमाले) निकट अनेरास्वविुले सुरूआती अग्रता लिएको छ। २ सय मत गन्दा अध्यक्ष पदमा अनेरास्ववियुका विष्णु पोखरेलले ८७ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेस निकट नेविसंघका सुशील न्यौपानेले ३८, स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले २४, अखिल क्रान्तिकारीका नवीन अधिकारीले १७, संयुक्त प्यानलका तर्फबाट सन्तोष पौडेलले १२ र प्राज्ञिक परिषद्का उम्मेदवार दिप्सन सुरूङले ४ मत प्राप्त गरेका छन्। अ

ध्यक्षका अर्का स्वतन्त्र उम्मेदवार कमल सुवेदीले ९ मत ल्याएका छन् । सचिवमा एमाले अखिलका विराट दुवाडी र कोषाध्यक्ष सन्दीका गुरूङले पनि अग्रता बढाएका छन् ।

पृथ्वीनारायण क्याम्पसमा चैत ५ गते नै स्ववियु निर्वाचन तय भएको थियो । तर मतपत्रमा अखिल छैठौंको मत संकेत गर्ने ठाउँमा कोष्ठक चिह्न नै नभेटिएपछि मतदान रोकिएको थियो। ६ गते गर्ने भनिएकोमा त्यस दिन पनि हुन सकेन ।

आइतबार भएको मतदानमा २८९७ विद्यार्थीले मतदान गरेका थिए। देशकै ठूलो क्याम्पस पिएनमा ९२७० जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी अध्ययन गर्ने देशकै सबैभन्दा ठूलो क्याम्पस पिएनमा नेकपा एमाले निकट अनेरास्ववियुको वर्चश्व कायम रहँदै आएको छ । सुरुआती मत परिणाम हेर्दा विरासतलाई निरन्तरता दिने देखिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ