इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः इन्स्पेक्टर पछि हवल्दार पनि पक्राउ, अदालतमा मुद्दा दर्ता

पक्राउ

इन्स्पेक्टर सन्तोषी मृत्यु प्रकरणः इन्स्पेक्टर पछि हवल्दार पनि पक्राउ, अदालतमा मुद्दा दर्ता

Santoshi_Mahattt

पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटनमा तालिमरत सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) सन्तोषी महतलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा सशस्त्र प्रहरी हवल्दार पनि पक्राउ परेका छन्।

तालिम शिक्षालय लामापाटनमा कार्यरत हवल्दार रेशम बहादुर शाहीलाई पनि पक्राउ गरिएको कास्कीका एसपी श्यामबाबु ओलियाले बताए । तालिम प्रशिक्षक समेत रहेका शाही चैत ६ मा पक्राउ परेका हुन् ।

इन्स्पेक्टर महत फागुन १० मा लामापाटनस्थित कार्यालयमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा यसअघि सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका थिए । जोशी तनहुँको भानुस्थित सशस्त्रको नम्बर–२३ मनकामना गणमा कार्यरत थिए । उनीहरूविरुद्ध अनुसन्धान पूरा गरेर सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरिएको एसपी ओलियाले बताए । उनले भने, ‘कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।’

घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । एकेडेमीका डीआईजी लक्ष्मण सिंह नेतृत्वको टोलीले त्यसबारे छानबिन गरिरहेको छ । महत सशस्त्र प्रहरी जवान र असई हुँदै उनि इन्स्पेक्टर भएकी थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ