पृथ्वीनारायण क्याम्पसमा मतगणना सुरू

पृथ्वीनारायण क्याम्पसमा मतगणना सुरू

matgarana-pnc

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पस (पीएनसी) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मत गणना सुरु भएको छ ।

आज सोमबार बिहान ९ बजेबाट मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए ।

आइतबार साँझ बसेको सर्वदलीय बैठकको निर्णय अनुसार आज बिहानबाट क्याम्पसभित्रै मत गणना सुरु गरेको उनले बताए । उनका अनुसार मंगलबार दिउँसो १२ बजेसम्म मत गणना कार्य सक्ने अनुमान छ ।

आइतबार बिहान ८ बजेदेखि ५ बजेसम्म भएको मतदानमा २ हजार ८९७ विद्यार्थी सहभागी भएका थिए । क्याम्पसमा ९२७० मतदाता रहेकोमा ३१.२५ प्रतिशत मात्र मत खसेको हो ।

स्ववीयु सभापति पदका लागि ८ जना चुनावी मैदानमा उत्रिएका छन् ।

सभापतिका लागि नेविसंघबाट सुशील न्यौपाने, अनेरास्ववियुबाट विष्णु पोखरेल, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार हुन् ।

अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले स्ववीयु सभापतिमा उम्मेदवारी दिएका छन् । स्ववीयु सभापतिका लागि कमल सुवेदी र विप्लवी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

०६५ पछि यस क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको थिएन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ