प्रचण्डले भने- ज्ञानेन्द्रको बुद्धि छैन, सफल हुँदैनन्

प्रतिक्रिया

प्रचण्डले भने- ज्ञानेन्द्रको बुद्धि छैन, सफल हुँदैनन्

वीरेन्द्र लोकतान्त्रिक थिए

CM Prachanda.jfif

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘बुद्धि नभएको’ भनेर टिप्पणी गरेका छन् । प्रचण्डले वीरेन्द्रलाई भने ‘लोकतान्त्रिक’ व्यक्तिका रूपमा चित्रण गरे ।

वीरेन्द्रप्रति सिंगो माओवादी आन्दोलन र आफ्नो पनि सकारात्मक धारणा बनेको बताउँदै प्रचण्डले भनेका छन्, ‘वीरेन्द्रले केही न केही डेमोक्रेटिक ढंगले सोच्छन् भन्ने खालको बुझाइ बनेको थियो ।’

तर ज्ञानेन्द्रले निरंकुश राजतन्त्र फर्काउन ८६ वर्षे वयोवृद्ध नवराज सुवेदीलाई आन्दोलनको नेतृत्व गर्न भनेर दुःख दिएको प्रचण्डले बताए ।

प्रचण्डले भनेका छन्, ‘ज्ञानेन्द्रको बुद्धि के छ भने नवराज सुवेदी खोजेर, विचरा त्यो ८६ वर्षको बुढालाई दुःख दिने गरी ल्याउने । यसबाट हाम्रो ज्ञानेन्द्र जीको बुद्धि के छ भन्ने देखियो ।’

प्रचण्डले राजावादीहरु बीचमा फुट भएकाले उनीहरु सफल नहुने जिकिर गर्छन् । उनले भने, ‘१५–२० हजारको (ज्ञानेन्द्र शाहका समर्थकको) जुलुस के भएको थियो, राजावादीहरुमा अहिले कति गुट छन्, बाहिर तानातान भएको देखिएको छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ