विराटनगर । सत्तारुढ नेकपा (एमाले) निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारीमा विवाद देखिएको छ । विराटनगरमा आजदेखि सुरु भएको दसौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामै विवाद भएको हो ।
महाधिवेशन लोकतान्त्रिक पद्धतिअन्तर्गत निर्वाचनमार्फत सम्पन्न गराउन भन्दै हस्ताक्षर अभियात सुरु भएको छ ।
आइतबार कोशी प्रदेश राजधानी विराटनगरमा उद्घाटनपछि बन्दसत्र सुरु हुनुअघि सहभागी प्रतिनिधिहरुले नेतृत्व चयनका लागि चुनाव हुनुपर्ने मागसहित हस्ताक्षर अभियान चलाएका हुन् ।
पार्टीको निर्णय भन्दै केन्द्रीय कमिटीको नाम टाँस्ने केही नेताहरुले बताइरहेका बेला उपस्थित प्रतिनिधिहरुले त्यसलाई स्वीकार नगर्ने र लोकतान्त्रिक विधिबाट नै सार्वभौम प्रतिनिधिको स्वविवेकमार्फत नेतृत्व छान्न पाउनुपर्ने भन्दै अभियान चलाएका हुन् ।
चौतारीको अध्यक्षका लागि उपाध्यक्षद्वय गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घाेषणा गरेका छन् । महाधिवेशस्थल विराटनगरका होटल मनास्लु इन परिसरमै ठुलो ब्यानरमा र लिखित कागजमै राई पक्षले हस्ताक्षर अभियान चलाइरहेका छन् ।
अध्यक्षबाट ब्याक हट्न राईलाई नेताको निर्देशन
महाधिवेशन उद्घाटनका क्रममा महासचिव शङ्कर पोखरेलले त सहमतिबाटै नेतृत्व चयन गर्न निर्देशनसमेत दिएका थिए । यसअघि चौतारीको महाधिवेशनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली आउने प्रचार गरिएको थियो । अन्तिम समयमा आफू नआएर ओलीले महासचिव पोखरेललाई पठाएर उनै मार्फत सहमतिमा नेतृत्व चयन गर्न दबाब पनि दिएको बताइएको छ ।
९औं महाधिवेशनमा राई र पाण्डे दुवै अध्यक्षको दाबेदार थिए । त्यसबेला गणेश बस्नेत नै दाहोरिएपछि राई र पाण्डे उपाध्यक्ष नै बसे । १०औं महाधिवेशनअघि पाण्डेलाई एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिवको जिम्मेवारी दिइएको थियो । तर, फागुन २८ गते सचिवमा मनोनीत भएका पाण्डेले चौतारीको अध्यक्ष उठ्ने भन्दै चैत ८ गते सचिवबाट राजीनामा दिए ।
ओलीले यसअघि नै उपाध्यक्ष गणेश पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिएको सार्वजनिक भएको थियो । तर, अर्का उपाध्यक्ष राजेश राईले चुनावी प्रतिस्पर्धाबाटै छिनोफानो हुनुपर्ने भन्दै अध्यक्षमा दाबी गरिरहेका छन् ।
एमालेको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सँगै राखेर अध्यक्षका आकाङ्क्षी राईलाई ब्याक हुन निर्देशन दिएका छन् । ‘तपाईं अध्यक्षबाट ब्याक हट्नुपर्यो । पार्टीको निर्णय मान्नु पर्यो,’ ढकालले राईलाई भनेका थिए । जवाफमा राईले ‘आफू पार्टीको निर्णय मान्न तयार भएको तर, सुरुको निर्णय कार्यान्वयन हुनुपर्ने’ भनेको स्रोतले दाबी गरेको छ । नेताहरूको टिमले भने निर्णय परिवर्तन भइरहने र पार्टीले परिवर्तन गरेको निर्णय पनि मान्नुपर्ने बताएका थिए ।
सम्बन्धित खबर
पूर्व उपराष्ट्रपतिको सुविधा लिएरै पुन माओवादी केन्द्रको उपाध्यक्ष
‘थाइल्याण्ड भ्रमण सफल, दुई देशबीच आठ सम्झौता’
‘रविलाई राजनीतिबाट बिदा गरेर पार्टी निर्माणमा लागौँ’ – रास्वपा संस्थापक महामन्त्री ढकाल
घरबाटै पक्राउ परे रवि लामिछाने
रवि लामिछानेलाई थुनामा पठाउने आदेश, बुटवलमा १ करोड धरौटीमा छाड्ने आदेश उल्टियो
दुर्गा प्रसाईंलाई कमान्डर तोक्नु नै गलत भयो: राप्रपा
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर