पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरू

पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरू

natak

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरू भएको छ।

शनिबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्ड काव्य ‘मुनामदन’मा आधारित नाटक ‘मुनामदन’ का पंक्ति वाचन गर्दै महोत्सवको उद्घाटन गरेका हुन्।

कार्यक्रममा बोल्दै मेयर आचार्यले यस नाटक महोत्सवले पोखरा भ्रमण वर्षको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा साहित्यकार सरुभक्त, कलाकार प्रकाश घिमिरे, दिया मास्केलगायतको उपस्थिति रहेको थियो।

महोत्सव उद्घाटन सत्रमा विविध सांस्कृतिक नृत्य तथा सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

महोत्सवमा नेपालका दुई तथा चीन, ट्युनेशिया, नर्बे र जापानका एक–एक नाटक गरी ५ देशका ६ नाटक मञ्चन हुनेछन्।

पहिलो दिन शनिबार नेपालका दुई नाटक ‘मुनामदन’ र ‘भ्रूण’ मञ्चन गरिएको थियो ।

यस्तै, आज चैत १० गते आइतबार ट्युनेशियाको नाटक ‘एस्च’, चैत ११ गते चीनको ‘दि चार्मिङ जिन्जु ओपेरा’, चैत १२ गते जापानको ‘मास्टर शोको र मार्गरिता’ नाटकको मञ्चन हुनेछ।

प्रत्येक दिन बेलुका ५ बजे पोखरा थिएटरमा नाटक मञ्चन हुने आयोजकले जनाएको छ ।

पोखरालाई अन्तर्राष्ट्रिय साँस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरीएको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा नाटकसँगै खुला छलफल तथा संवाद र विविध साँस्कृतिक कार्यक्रमहरु पनि रहनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ