पोखरा । कृषि विकास बैंक कर्मचारी संघ नेपालको १० औं केन्द्रीय परिषद पोखरामा हुने भएको छ । ‘बिशुद्ध पेशागत हकहितका लागि कर्मचारी एकता, पारदर्शी र गतिशील व्यवस्थापन आजको आवश्यक्ता’भन्ने नाराका साथ यहि चैत ११ गते आईतबार पोखरा– ६ लेकसाईडस्थित हौटल पौवामा परिषद हुन लागेको हो ।
परिषदको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको संघका केन्द्रीय अध्यक्ष लिला जिसी क्षेत्रीले जानकारी दिए । परिषदमा देशभरका ७७ जिल्लाका ६ सय भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहने उनले बताए । परिषदले नया नेतृत्व चयन गर्ने बताइएको छ । उनका अनुसार नेतृत्व सर्वसम्मतिबाट चयन हुनेछ ।
परिषदका लागि विभिन्न जिल्लाबाट आउने प्रतिनिधि तथा पर्यवेक्षकहरु चैत १० गते शनिबार साँझ सम्ममा आईपुग्ने कृषि विकास बैंक कर्मचारी संघ नेपाल, गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले जानकारी दिए । परिषदमा भाग लिन आउने प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई पोखराको लेकसाईडस्थित विभिन्न होटलहरुमा आवासको व्यवस्था मिलाइएको उनले बताए । ‘उहाँहरुलाई हामीले पाहुनाका रुपमा विभिन्न होटलहरुमा बस्ने व्यवस्था मिलाएका छौं’–उनले भने ।
सम्बन्धित खबर
तनहुँको आँबुखैरेनीभित्रका विद्यार्थीको उपचार निःशुल्क
सहारालाई राज्यले सहयोग गर्नुपर्छ: उपाध्यक्ष आचार्य
गण्डकी प्रदेशमा मनाइयो नवौं स्वास्थ्य बीमा दिवस
संगीतमय बन्यो आलु महोत्सव
ल्वाङगाउँमा मेला जारी, महिला भलिबलतर्फ उपाधिका लागि धम्पुस र घलेल भिड्ने
पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर