पश्चगामी चलखेललाई ‘काउन्टर’ दिन एमालेले चैत ११ गते देशभर अभियान चलाउने

राजावादी विरूद्ध अभियान

पश्चगामी चलखेललाई ‘काउन्टर’ दिन एमालेले चैत ११ गते देशभर अभियान चलाउने

प्रतिगामी हर्कतविरूद्ध चैत १८ गते पोखरामा मोटर साइकल र्‍याली

uml sachivalaya

नेकपा (एमाले)ले मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ ।

सरकारमै रहेको नेपाली कांग्रेसले समेत राजा फर्काउने गतिविधिको विरोध गरिरहेको छ । कांग्रेसले चैत १० गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेर विकसित राजनीतिक घटनाक्रमबारे थप निर्णय गर्ने तयारी समेत गरेको छ ।

एमालेले चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको हो । यसैगरी तीन महिने वडा केन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गते नै देखि चैत ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम समेत आयोजना गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए ।

यस क्रममा चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा मोटर साइकल र्‍योली आयोजना गरिने छ । एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने भएको छ भने चैत २४ देखि ३० गतेसम्म बाग्मती बाहेकका छ वटै प्रदेशका सहरहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने उनको भनाइ छ ।

माओवादी केन्द्रसहित विपक्षी चार दलीय मोर्चाले समेत प्रतिगामी तथा पश्चगामी शक्तिका गतिविधिसहित सरकारका गलत क्रियाकलापविरुद्ध चैत १५ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने घोषणा गरिसकेको छ ।

सरकारमै रहेको नेपाली कांग्रेसले समेत राजा फर्काउने गतिविधिको विरोध गरिरहेको छ । कांग्रेसले चैत १० गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेर विकसित राजनीतिक घटनाक्रमबारे थप निर्णय गर्ने तयारी समेत गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ