पोखरा महानगरपालिकामा उजुरी फर्छ्यौट गर्ने अख्तियारी पाएका कर्मचारी नै अख्तियारको फन्दामा परेका छन् ।
फाइल फर्छ्यौट तथा समन्वय समितिमा कार्यरत प्रशासकीय अधिकृत कपिल गिरी घुस लिएको रकमसहित पक्राउ परेका हुन् ।
गिरी २५ हजार रुपैयाँ घुससहित बिहीबार दिउँसो साढे ३ बजे पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले गण्डकन्यूजलाई जानकारी दिए । महानगर कार्यालय बाहिर अख्तियारका कर्मचारीले गिरीलाई घुस रकमसहित पक्राउ गरेको हो ।
पाण्डेका अनुसार अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै गिरीले अर्का व्यक्तिसँग १ लाख रुपैयाँ मागेका थिए । बिहीबार त्यसमध्ये २५ हजारसहित उनी पक्राउ परेका हुन् । उजुरीकर्ता ती व्यक्ति पनि महानगरकै कर्मचारी रहेको बताइन्छ ।
गिरीको जिम्मेवारी पोखरा महानगर र अख्तियार कार्यालयसँग समन्वयकारी भूमिकाको हो । अख्तियारलाई महानगरको तर्फबाट स्पष्टिकरण दिने, वडा तथा शाखाहरूबाट राय प्रतिक्रिया लिएर जवाफ पठाउने काम उनको हो ।
महानगरका अर्का कर्मचारीलाई अख्तियारमा उजुरी परेको छ, म मिलाइदिन्छु भन्दै गिरीले घुस मागेका थिए । गिरीले कृत्रिम उजुरी खडा गरेर तस्वीर, भिडियो नै छ भन्दै झुक्याएर तर्साउँदै रकम मागेपछि ती कर्मचारीले अख्तियारमा उजुरी गरेका थिए ।
निर्दोष छु, मलाई फसाएः गिरी
आयोगको टोलीले मुचुल्का तयार गर्दैगर्दा गिरीले भने आफू निर्दोष रहेको जिकिर गर्न भ्याएका छन् । आफूलाई फसाउनका लागि षड्यन्त्र गरेको उनको कथन छ ।
स्याङ्जाका गिरी यसअघि पुतलीबजार नगरपालिकामा थिए । त्यसपछि पोखरा वडा नं. १७ कार्यालयमा केही समय काम गरेका उनी महानगरमा आएका थिए ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला