नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा ‘भिलेन’ को रूपमा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रको मुर्खताले पनि देशमा गणतन्त्र आउनमा सहयोग पुर्याएको बताएका हुन् । पछिल्लो समय ज्ञानेन्द्रको मुर्खताबाट सुरु भएको बहसले नेपाली जनतालाई अझ बढी चेतनशील बनाउन मद्दत गर्ने उनले विश्वास व्यक्त गरे ।
‘हामीले जनयुद्ध र जनक्रान्तिमार्फत गणतन्त्रको आधार तयार पर्यौं । ज्ञानेन्द्रले आफ्नो मुर्खतामार्फत पनि हामीलाई मद्दत गरेकै हो भनेको थिएँ मैले । उनले धेरै मुर्खता नगरेको भए अझै केही वर्ष, उनले सात राजनीतिक दलमाथि पनि दमन नगरेको भए नेताहरु सबैलाई लात्ताले नहानिदिएको भए सायद केही वर्ष टिक्न पनि सक्थे । त्यसकारण भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिा पनि महत्वपूर्ण छ गणतन्त्र स्थापनामा,’ उनले भने ।
पछिल्लो समय देशको राजनीतिमा केही नयाँ प्रश्न,नयाँ तरङ्ग र नयाँ जिज्ञासाहरु जन्मिएको पनि प्रचण्डले बताए । जनयुद्ध, जनआन्दोलन र विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायका पनि बलिदानको प्रतिफलको रुपमा देशमा गणतन्त्र आएको र संविधान सभाबाट संविधान बनेको स्मरण गराउँदै उनले प्राप्त उपलब्ध खोस्ने प्रयत्न भएको खण्डमा जनता चुप लागेर नबस्ने बताए ।
१० वर्षको जनयुद्ध, १९ दिनको जनआन्दोलन, मधेश आन्दोलनलगायत उत्पीडित वर्ग समुदायको आन्दोलनबाट नेपाली जनतामा पैदा भएको जागरण फेरि पछाडि फर्काउन असम्भव रहेको उनको दाबी छ । राजा, महाराजाहरुको विषय नेपाली जनताले इतिहास बनाइदिएको र अब त्यसको पुनर्गमन सम्भव नै नरहेको प्रचण्डले बताए ।
नेपाली जनता, राजनीतिक दल र दलका नेताहरुले निकै संयमतापूर्ण र उद्दारतापूर्वक चालेको कदमको विरुद्धमा दुस्साहस नगर्न उनले पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनीसमेत दिए । उनले अहिले राजतन्त्र पुनर्स्थापनाको नाममा कलाविहीन नाटक मञ्चण भइरहेको टिप्पणी समेत गरे ।
सम्बन्धित खबर
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
निर्धारित समयमा चुनाव आजको आवश्यकता : नेता नारायणकाजी श्रेष्ठ
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला