म्याग्दी बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघका क्षेत्री विजयी

म्याग्दी बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघका क्षेत्री विजयी

sangam

म्याग्दी — म्याग्दी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री विजयी भएका छन् । सचिवमा अनेरास्ववियुका मन्जुर कटुवाल, कोषाध्यक्षमा अस्मिता भण्डारी विजयी भएका छन् ।

म्याग्दी क्याम्पस निर्वाचन समितिले राति तीन बजे सार्वजनिक गरेको मत परिणाम अनुसार अध्यक्षमा नेविसंघका चोखालले २ सय ८८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका दिनेश खत्रीले १ सय ९२ मत पाए । अखिल क्रान्तिकारीका सन्दीप खत्रीले १ सय ७७ मत पाएका थिए ।

त्यस्तै, सचिवमा अनेरास्ववियुका मन्जुर कटुवालले २ सय ८३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका प्रतिभा बानियाँले २ सय २७ र क्रान्तिकारीका कृष्ण सापकोटाले १ सय ४४ मत पाए । कोषाध्यक्षमा अनेरास्ववियुकी अस्मिता भण्डारीले २ सय ५२ मत पाइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेविसंघकी यशु खत्रीले २ सय ३५ मत र क्रान्तिकारीकी सुप्रेना खत्रीले १ सय ६२ मत पाइन् ।

सदस्यमा प्रत्यक्षतर्फ नेविसंघका विशाल विक, सम्पूर्ण जिसी, अनुपम श्रेष्ठ, ढकबहादुर भण्डारी तथा समानुपातिकतर्फ २ सिट जितेको छ । प्रत्यक्षतर्फ अनेरास्ववियुका अविजित शाही र समानुपातिकतर्फ १ सदस्य जितेको छ । क्रान्तिकारीले समानुपातिकतर्फ सदस्यमा १ सिट जितेको छ ।

म्याग्दी क्याम्पस स्ववियु निर्वाचनमा कुल ८ सय २५ मतदाता मध्ये ६ सय ८६ मत खसेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ