गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसमा नेविसंघ र अखिलको प्यानलै विजयी

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसमा नेविसंघ र अखिलको प्यानलै विजयी

Awin-shrestha

गोरखा । गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसको स्ववियु चुनावमा सत्ता पक्ष (कांग्रेस निकट नेविसंघ र एमाले निकट अनेरास्ववियु)को संयुक्त प्यानलै विजयी भएको छ ।

मंगलबार राति अबेर सम्पन्न मतगणना अनुसार सभापतिमा नेविसंघका अविन श्रेष्ठ निर्वाचित भएका हुन् ।

अखिल क्रान्तिकारीका सचिन खनाललाई १४ मतले पछि पार्दै श्रेष्ठ सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार श्रेष्ठले २१६ मत ल्याएका छन् भने खनालले २०२ मत ल्याए ।

त्यस्तै सचिवमा नेविसंघका सुप्रिज बस्नेत निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीका एलन गुरुङलाई मात्र १ मतले पछि पार्दै बस्नेत विजयी बनेका हुन् । बस्नेतले २०७ मत ल्याएका छन् भने गुरुङले २०६ मत ल्याएका छन् ।

त्यस्तै कोषाध्यक्षमा अखिल क्रान्तिकारीका अनुप सिंखडालाई पराजित गर्दै अनेरास्ववियुका असिम श्रेष्ठ निर्वाचित भएका छन् । सिखंडाले १८३ मत ल्याउँदा श्रेष्ठले २२६ मत ल्याएका छन् ।

सदस्यहरुमा युकेन अर्याल, सुमिका घर्ती, सायदा खातुन, सन्दीप कार्की र विपना कोइराला विजयी बनेका छन् । उनीहरुमध्ये कोइराला अनेरास्ववियुकी हुन् भने अरु नेविसंघका हुन् ।

द्रव्यशाह बहुमुखी क्याम्पसमा सत्ता गठबन्धन निकटका विद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियु तथा समाजवादी मोर्चा निकटको अखिल क्रान्तिकारी, अखिल नेपाल विद्यार्थी युनियन समाजवादी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले संयुक्त प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ