नेविसंघको वर्चस्व रहेको धवलागिरी क्याम्पसमा गठबन्धनबाट अनेरास्ववियुकी शेख विजयी

स्ववियु निर्वाचन

नेविसंघको वर्चस्व रहेको धवलागिरी क्याम्पसमा गठबन्धनबाट अनेरास्ववियुकी शेख विजयी

गुटबन्दीका कारण विरासत जोगाउन नेवि संघ असफल

Shekh dhawalagiri

बागलुङ । धवलागिरी बहुमुखी क्याम्पसकाे स्ववियु अध्यक्षमा अखिल संयुक्त प्यानलबाट चुनावी प्रतिष्पर्धामा उत्रेकी अनेरास्ववियुकी आश्मिन शेख निर्वाचित भएकी छन् ।

अध्यक्ष पदकी उम्मेद्वार शेखले ५५२ मत ल्याएकी छिन् भने उनकी प्रतिस्पर्धी सृष्टि आचायले ४९१ मत ल्याइन् ।स्वतन्त्र समूहका   दीपक सुवेदीको ७ मत आएको थियो ।सुवेदीले  उम्मेदवारी कायम रहेपनि नेविसंघका सृष्टी आचार्यलाई सर्मथन गरे थिए ।

सचिवमा नेवि संघका सचिन हरिजनले जित हासिल गरेका छन्।

हरिजनले ५३४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी रुद्रबहादुर पुनले ५०९  मत ल्याएका छन्। पुन माओवादी निकट आखिल क्रान्तिकारी धवलागिरी क्याम्पसका ईकाई प्रमुख हुन् ।

कोषाध्यक्ष पदमा ६५४  मत ल्याएर नेवि संघकै विशाल थापाले जितेका छन्। कोषाध्यक्षका उम्मेदवार रेखा शर्माले ३८४  मत प्राप्त गरिन्। शर्मा राष्ट्रिय जनमोर्चा निकट आखिल छटौंकी जिल्ला उपाध्यक्ष हुन् ।

यस्तै, सदस्यतर्फ प्रशान्त सुवेदी , दीपसागर सुवेदी, बिकल्प घर्ती मगर, सुदिप घर्ती मगर , सृष्टि घर्ती, सुवास बाबु घर्ती, सेमन्त शर्मा, सुभम राजभण्डारी  निर्वाचित भएका छन् ।

हिजो भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि दुई प्यानल चुनावी मैदानमा थिए । मंगलबार बिहान ८ बजेबाट शुरु भएको मतदान ४ बजे सम्पन्न भएको थियो । क्याम्पसमा एक हजार ४ सय ७६ मतदाता रहेका थिए भने एक हजार ५९ मत खसेको निर्वाचन अधिकृत गोविन्द गौतमले जानकारी दिए ।

नेवि संघले अन्य पद जितेर अध्यक्ष गुमाउँदा अन्तर्घात भएको पुष्टि हुन्छ। यसपटक अध्यक्ष गुमाउँदा नेवि संघले ऐतिहासिक विरासत जोगाउन असफल रह्यो । उम्मेदवारी दिने क्रमबाटै नेविसंघ भित्र विवाद बढेको थियो । बागी उम्मेद्वार खडा भएपछि झनै संकट बढेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

भर्खरै

ट्रेन्डिङ