वन क्याम्पस पोखरामा एमाले र माओवादी निकट विद्यार्थीको संयुक्त प्यानल विजयी

नयाँ नेतृत्व

वन क्याम्पस पोखरामा एमाले र माओवादी निकट विद्यार्थीको संयुक्त प्यानल विजयी

forestry ummedwar

त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा आज तोकिएको निर्वाचन कहिँ भए भने कतै हुन सकेनन् ।

वन विज्ञान अध्ययन संस्थान, पोखरामा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी विरुद्ध एमाले र माओवादी समर्थित विद्यार्थी एक भएर चुनाव लडेकोमा संयुक्त प्यानलले सबै पद जितेको छ ।

आफ्नो दलहरु सत्तापक्ष र प्रतिपक्षी रहँदा वन क्याम्पसमा भने वाम गठबन्धन मिलेर चुनाव लडेका हुन् । निर्वाचन संयोजक डा. रामप्रसाद शर्माका अनुसार संयुक्त प्यानलका तर्फबाट अनेरास्ववियुका अभिषेक शर्मा अध्यक्षमा विजयी भएका छन् ।

शर्माले २३० मत प्राप्त गर्दा प्रतिष्पर्धी नेवि संघका उत्तम हुमागाईंले १४८ मत प्राप्त गरे । सचिव अखिल क्रान्तिकारीका गौरव खड्का विजयी भए । उनले २२६ मत प्राप्त गरे भने प्रतिष्पर्धी नेवि संघका दीपेन्द्र रौनियराले १४८ मत ल्याए ।

कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिमा श्रेष्ठ २२४ मत ल्याएर विजयी भइन् । नेवि संघकी जानकारी गुर्धामी १५४ मतमा सीमित भइन् ।

५ जना सदस्यहरुमा अनेरास्ववियुबाट २ जना र अखिल क्रान्तिकारीबाट ३ जना विजयी भएका छन् । सुनिलसिंह भण्डारी, सिद्धान्त खनालका साथै रिया श्रेष्ठ, प्रकट ढुंगाना र भिभोर शाह विजयी भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ