पोखरा नर्सिङ क्याम्पसमा प्रतिभा नेतृत्वको अनेरास्ववियुको प्यानल नै विजयी

नयाँ नेतृत्व

पोखरा नर्सिङ क्याम्पसमा प्रतिभा नेतृत्वको अनेरास्ववियुको प्यानल नै विजयी

nursing-campus

पोखरा । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पोखरास्थित नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

मंगलवार साँझ सम्पन्न मतगणनामा अनेरास्ववियुकी प्रतिभा भण्डारी अध्यक्षमा निर्वाचित भएकी हुन् । त्यस्तै, सचिवमा अखिलकै सलिना श्रेष्ठ र कोषाध्यक्षमा कुसुम गौतम निर्वाचित भएका छन् ।

क्याम्पसका सूचना अधिकारी केदारनाथ अधिकारीका अनुसार अनेरास्ववियुका सबै उम्मेदवार विजयी भएका छन् ।

यो क्याम्पसमा विगतदेखि नै अनेरास्ववियुले जित्दै आएको छ । पोखराका अधिकांश क्याम्पसमा अनेरास्ववियुकै वर्चश्व छ । पिएन क्याम्पस, डब्लूआरसी, जनप्रियमा पनि अनेरास्ववियु बलियो छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ