काठमाडौं । पूर्वराजा शाहले राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा राजतन्त्र पुनर्स्थापनाका लागि मोर्चाबन्दी गर्दै आन्दोलन अगाडि बढाउने प्रयास गरेपछि संसद्को पाँचौँ ठुलो शक्ति राप्रपाको नेतृत्वले अस्वीकार गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनर्स्थापनका लागि आन्दोलनमा जाने घोषणा गरेको छ । आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले लिएका छन् ।
आउँदो चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मुल समितिको बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
आज बसेको कार्यसम्पादन समितिको बैठकले आन्दोलन परिचालन समितिको भूमिका खुम्च्याएको छ ।
‘१२ गते बस्ने मूल आयोजक समितिको बैठकले आन्दोलनका कार्यक्रमहरु तय गरेर सार्वजनिक गरिने छ’, श्रेष्ठले भने । राप्रपाले समान विचार र सिद्धान्त बोकेका सबै शक्तिहरुलाई आफ्नो नेतृत्वको आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ ।
नवराज सुवेदी नेतृत्वको हिजो गठित समितिलाई राप्रपाले सहयोग गर्ने छ । पार्टीका अर्का प्रवक्ता ज्ञानबहादुर शाहीले अन्य पार्टीका साथीहरुलाई जनताको इच्छा र भावनाहरुविरुद्ध नजान आग्रह गरे ।
राजतन्त्र पुनर्स्थापनाका लागि पूर्वराजावादीलाई एउटै छातामुनि संगठित गर्दै आन्दोलन अगाडि बढाउने प्रयास औपचारिकता नपाउँदै विफल बनेको छ । मोर्चाको नेतृत्व कसले गर्ने र पूर्वराजा ज्ञानेन्द्र शाहको विश्वासपात्र को बन्ने भन्ने विषयमा राजावादीहरूबिच नै तीव्र मतभेद देखिएको छ ।
राजतन्त्र पुनर्स्थापनाका लागि अहिले राप्रपा, राप्रपा नेपाल, विवादास्पद व्यवसायी दुर्गा प्रसाईं र पूर्वमन्त्री केशरबहादुर विष्टको समूह सतहमा आए पनि एजेन्डा र आन्दोलनको नेतृत्वलाई लिएर उनीहरूबिच ठुलो विवाद छ । उनीहरू सबैले आफ्नो दल वा समूहको नेतृत्वमा राजतन्त्र पुनर्स्थापनाको आन्दोलनमा जोड दिँदै एकले अर्काका नेतृत्व स्वीकार गर्न नसकिने अभिव्यक्ति दिएका छन् ।
सम्बन्धित खबर
पूर्व उपराष्ट्रपतिको सुविधा लिएरै पुन माओवादी केन्द्रको उपाध्यक्ष
‘थाइल्याण्ड भ्रमण सफल, दुई देशबीच आठ सम्झौता’
‘रविलाई राजनीतिबाट बिदा गरेर पार्टी निर्माणमा लागौँ’ – रास्वपा संस्थापक महामन्त्री ढकाल
घरबाटै पक्राउ परे रवि लामिछाने
रवि लामिछानेलाई थुनामा पठाउने आदेश, बुटवलमा १ करोड धरौटीमा छाड्ने आदेश उल्टियो
दुर्गा प्रसाईंलाई कमान्डर तोक्नु नै गलत भयो: राप्रपा
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर