आजदेखि पोखरा–छेन्दु नियमित उडान हुने

आजदेखि पोखरा–छेन्दु नियमित उडान हुने

Pokhara Regional International Airport (5) (1)

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (मंगलबार) बाट पोखरा–छेन्दु नियमित व्यावसायिक चार्टर उडान सुरु हुँदैछ।

आज १२७ यात्रु चीनको सिचुवान एयरमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानमा पर्यटक अवतरण हुने छन् भने केही समयपछि पोखराका पर्यटन व्यवसायीसमेत टोली छेन्दु उड्ने छ।

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले यहाँ पहिलोपटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो।

यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने पोखराका पर्यटन व्यवसायीको विश्वास छ।

छेन्दुबाट पोखरा हुने व्यावसायिक चार्टर उडानमा नेपाली प्रतिनिधिमण्डल ‘पोखरा–छेन्दु फ्लाइट प्रमोसन एन्ड चाइना (सिचुआन) सेल्स मिसन २०२५’ का लागि जानेछ। जसमा पर्यटकसमेत १ सय २७ जना यात्रु रहने छन्।

नेपाली प्रतिनिधिमण्डलको टोलीले एक सातासम्म चीनको छेन्दु, लुझाउ, लेसानलगायत चिनियाँ सहरमा हुने विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने छ।

२०७९ पुस १७ मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले पोखरा विमानस्थल समुद्घाटन गरेका थिए। यो विमानस्थलमा आन्तरिकबाहेक हालसम्म ११ मात्र अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ