तनहुँमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

तनहुँमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

accident-road_traffic

तनहुँ । तनहुँमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

म्याग्दे गाउँपालिका– ४ ओटाङ्दीस्थित भित्री कच्ची सडकखण्डमा सोमबार साँझ ओटाङ्दीबाट हाईवेतर्फ फर्किँदै गरेको ग १ त ५६८९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिएको हो ।

दुर्घटनामा सहचालक म्याग्दे गाउँपालिका– २, जामुनेका ३० वर्षीय सुक बहादुर बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक प्रकाश कुमार श्रेष्ठ भने सकुशल रहेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ