गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

प्रदेशको प्राथमिकतामा सहकार्य गर्न मुख्यमन्त्री पाण्डेको प्रस्ताव

IMG

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेट वीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले शसक्तिकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई युएनडिपीले गर्दै आएको सहयोग प्रभावकारी रहेको बताए ।

युएनडिपीले दिगो बिकास, फोहोरमैला व्यवस्थापन, नवप्रवर्तन, उद्यमशीलताको क्षेत्रमा गण्डकी प्रदेश भित्र गर्दै आएको सहयोगको प्रशंसा गर्दै मुख्यमन्त्री पाण्डले भने ‘पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, जलवायू परिर्वतनको लगायत प्रदेशको प्राथमिकताका क्षेत्रमा युएनडिपीसँग सहकार्य गर्न हामी तयार छौँ ।’ यि क्षेत्रमा सहकार्य गर्दा प्रदेश सरकारले लिएको नीति अनुसार युवा पलायन रोक्न, रोजगारी सिर्जना गर्न, बाँझो जमिनमा खेती बिस्तार गर्न र उद्यमशीलता प्रर्वद्धनमा सहयोग पुग्ने मुख्यमन्त्री पाण्डेले बताए ।

गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षिय योजनामा आफ्ना प्राथमिकताको क्षेत्र पहिचान गरेकाले सो क्षेत्रमा सहकार्य हुँदा प्रदेशवासीले ठुलो उपलब्धी हाँसिल गर्न सक्ने बताए ।

भेटका क्रममा युएनडिपीका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटले गण्डकी प्रदेश सरकारसँगको भेट नेपालको पहिलो औपचारीक कार्यक्रम भएको बताउँदै भने ‘गण्डकी प्रदेश सरकारसँग भेटघाट र सहकार्य गर्न पाउँदा निकै खुसी लागेको छ ।’ पिएलजिएसपी कार्यक्रम अन्तर्गत कार्यन्वयन भएका कार्यक्रमहरुको प्रभावकारीताका बारेमा पनि उनले चासो राखेका थिए ।

युएनडिपीको सहयोगमा गण्डकी प्रदेशमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) संचालनमा छ । यो कार्यक्रमले स्थानीय तह र प्रदेशको क्षमता बिकास, शसक्तिकरणको क्षेत्रमा सहयोग पुगेको मुख्यमन्त्री पाण्डेले बताए । ‘संघीयता कार्यन्वयनपछि प्रदेश संरचना हाम्रो लागि नयाँ हो, कानुन निर्माण, आवधिक योजना, क्षमता विकास, लैङ्गिक सामाजिक समावेशिकरण, राजस्व सुधारका क्षेत्रमा यो परियोजनाको ठूलो सहयोग छ’ मुख्यमन्त्री पाण्डेले भने ‘सबैजसो स्थानीय तहमा यो परियोजना माग भएकाले कार्यक्षेत्र बिस्तार गर्न सक्दा अझै प्रभावकारी हुन्छ ।’ नेपालको पर्यटकीय राजधानी पोखरा र आसपासका जिल्लालाई इको टुरिजम, खेल टुरिजम, धार्मिक टुरिजमको रुपमा बिकास गर्ने सरकारको योजनामा सहकार्य गर्न सकिने उनले बताए ।

भेटमा युएनडिपीको सहकार्यमा संचालन भईरहेको पिएलजिएसपी कार्यक्रमलाई थप प्रभावकारी बनाउने, नयाँ सहकार्यको क्षेत्र पहिचान गर्ने विषयमा छलफल भएको थियो ।

गण्डकी प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले दोस्रो पञ्चवर्षिय योजनामा सरकारले लिएको रणनीतिका बारेमा जानकारी गराएका थिए । भेटघाटमा गण्डकी प्रदेश प्रमुख सचिव रघुराम विष्ट, युएनडिपीका नेपाल स्थित आवासिय प्रतिनिधि क्योको योकोसुका लगायत प्रतिनिधि मण्डल र मुख्यमन्त्री कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ