पोखरामा खुँडा प्रहार गरी फरार युवा पक्राउ

पोखरामा खुँडा प्रहार गरी फरार युवा पक्राउ

manish

पोखरा । पोखरामा धारिलो हतियार (खुँडा) प्रहार गरी फरार एक युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका– १७ बिरौटा बस्ने बर्ष २२ को मनिष ठकुरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार साँझ करिब ६ बजे पोखरा– १८ सेदी बसपार्क स्थित सार्बजानिक स्थानमा एक जनाब्यक्तिलाई ठकुरीले धारिलो हतियार (खुँडा) प्रहार गरी फरार भएका थिए ।

उक्त सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी विट सेदी, कास्कीबाट खटिएको प्रहरी टोलीले घाईतेलाई अस्पताल पठाएको र घटनामा संलग्न ठकुरीलाई खुँडासहित पक्राउ गरेको हो ।

पक्राउ परेका ठकुरीलाई कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ