दुई गाउँका युवकहरूबीच विवाद हुँदा एक किशोरको हत्या

अपराध

दुई गाउँका युवकहरूबीच विवाद हुँदा एक किशोरको हत्या

९ जना पक्राउ

kalikot aparadh

कालीकोट । एक किशोरलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ९ जना पक्राउ परेका छन्। विवादका क्रममा कुटपिट गर्नुका साथै चक्कु प्रहार गरेपछि तिलागुफा नगरपालिका-७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको थियो। घटनामा १६ वर्षीय भूपेन्द्र शाही सामान्य घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले जिल्लाको खाँडाचक्र नगरपालिका-१० चौकीमा कुटपिट र चक्कु प्रहारमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ। रातीको समयमा गाउँमा रतेडि हेर्न जाँदा दुई गाउँका युवकहरूबीच झगडा भएको थियो।

झगडाले ठूलो रूप लिएपछि कुटपिट र चक्कु प्रहारबाट एक जना किशोरको घटना स्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले बताए।

उक्त घटनामा थप संलग्न युवालाई प्रहरीले खोजी कार्य जारी राखेको छ। खाँडाचक्र नगरपालिका-१० चौकीस्थित हस्तबहादुर मल्लको नयाँ घरको पूजा र रमाइलो हेर्न आएका उनीहरूबीच विवाद भएको थियो।

पूजाआजा गर्ने घरका श्रीमान श्रीमतीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ