सामाजिक विकास कार्यालय स्याङ्जाले आँधीखोला गाउँपालिकामा बालसाहित्य पुस्तक वितरण गरेको छ । यहाँको वडा – ५ जुग्लेमा रहेको आँधीखोला बोर्डिङ स्कुलमा विभिन्न विधाका ४२ वटा बालसाहित्य पुस्तक वितरण गरिएको हो ।
बालबालिकालाई सानैदेखि आफ्नो माटो र देशको सेवा गर्न यस्ता पुस्तकले थप टेवा पुग्ने हुँदा बालसाहित्य पुस्तक वितरण गरिएको कार्यालयका प्रमुख जीवन पौडेलले बताए ।
प्रमुख पौडेलले बालबालिकालाई विद्यालयमा रमाइ रमाइ पुस्तक पढ्ने बानीको विकास गरी सामाजिक सद्भाव, संस्कृति, मूल्य मान्यता, प्रकृति आत्मीयता, श्रम प्रति सम्मान भाव, आत्मविश्वास जस्ता अनेकौं क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन बालसाहित्य पुस्तकको महत्त्वपूर्ण भूमिका रहने बताए ।
यसैगरी, स्कुलकी प्रधानाध्यापक स्मृति काफ्लेले बालगीत, बालकथा, बालकविता, बालनाटक, बालउपन्यास, बालगजलसहित जीवन उपयोगी विभिन्न विधाका यस्ता पुस्तकले बालबालिकालाई भाषिक सीपको विकास, सिर्जनात्मक कार्यमा वृद्धि, ज्ञानविज्ञानका कुरासँग साक्षत्कार सङ्गै नैतिकता, सदाचारिता र अनुशासित बनाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरिन् ।
यसअघि पनि बालसाहित्य पुस्तक वितरण गर्दै आएको सामाजिक विकास कार्यालय स्याङ्जाले बालसाहित्य पुस्तक बाँढ्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।
सम्बन्धित खबर
कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक [हेर्नुहोस्]
कक्षा १२ को परीक्षा सर्यो, वैशाख २१ गतेदेखि सञ्चालन हुने
कक्षा १२ को परीक्षा नरोकिने, निजामती कर्मचारी खटाएर भएपनि सञ्चालन गर्ने
कक्षा १२ को परीक्षाबारे भोलि मंगलबार निर्णय हुने
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध
‘कक्षा १२ को परीक्षा स्थगित भएको छैन’
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन