पोखरा । सहारा क्लब यु.के.का संस्थापक अध्यक्ष नविन गुरुङले पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहयोग हस्तान्तरण गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागतका क्रममा विद्यालयको स्थापना, सहारा क्लब संगको सहकार्य हुदै १७ वर्ष अघि निवन गुरुङ सहित सिमोन फेरेजको स्मृतीहरूबारे स्मरण गरिन् ।
विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालिलाई उक्त क्रममा आफ्नो ९१ वर्षिय आमा कमला देवी गुरुङ र वहिनी सुजिता शाहीद्वारा प्रदान गरिएको नगद रकम रू.२१,०००/-(एक्काइस हजार रूपैयाँ) गुरूङले हस्तान्तरण गरेका हुन् ।
१७ वर्ष अगाडी विद्यालयमा आउदा र वर्तमान अवस्थामा विद्यालयमा देखेको परिवर्तनप्रति खुशी व्यक्त गर्दै विद्यालयमा आगमी दिनहरुमा पनि विद्यालयमा सहकार्य गर्न उत्सुक रहेको धारणा राख्दै सहयोगी दाताहरुलाई पनि सहयगोका लागी आपिल गरे ।
उक्त क्रममा पोखरा मनपा वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले विदेशमा वसोवास गरेर पनि आफ्नो देशप्रति स्नेह, मया प्रदान गर्नुहुने दाता नविन गुरुङ र उहाँको परिवारलाई धन्यवाद व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिक्रम थकालीले नविन गुरुङले सहारा क्लब यु.के.को स्थापनामा गर्नुभएको पहल, सहारा एकेडेमी स्थापनामा पुर्याउनुभएको योगदानहरुलाई स्मरण गर्दै आज आफूले नेतृत्व गरेको विद्यालयलाई माया गरेर सहयोग प्रदान गर्नुहुने गुरुङ परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गरे । उक्त कार्यक्रममा डा.मनेन गोर्खाली, शिक्षक सुदिप कोइरालाको पनि उपस्थीती रहेको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की