पोखरा। फागुन २९ गते देखि चैत दुई गते सम्म आर्वामा सञ्चालन भएको प्रथम अमलाचौर चापडाँडा भेट्रान्स भलिबल प्रतियोगिताको उपाधी युनाईटेड किङ्ग क्लब पोखराले हात पारेको छ ।
१० भलिबल समूहहरुले भाग लिएको सो प्रतियोगीतामा शनिवार भएको फाईनल खेलमा दमौली साँगे समुहलाई सोझो सेटमा युनाईटेड किङ्गले पराजीत गरी उपाधि चुमेको हो ।
उपाधी संगै युनाईटेडले नगद ४० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गऱ्यो भने उपविजेता दमौली साङ्गे क्लबले नगद २५ हजार प्राप्त गरेको छ ।
अमलाचौर चापडाँडा टोल बिकाश संस्था तथा स्थानिय उत्साही युवाहरुको आयोजनामा भएको प्रतियोगीतामा बिभिन्न माध्यमबाट सहयोग पुऱ्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको कार्यक्रम संयोजक देबेन्द्र परियारले जानकारी दिए ।
समापन कार्यक्रमको अध्यक्षता अमलाचौर चापडाँडा टोलबिकाश संस्थाका अध्यक्ष इन्द्रराज बरालले गरेका थिए भने प्रमुख अतिथि पोखरा महानगर पालिका वडानं १३का जनप्रतिनिधि बलबहादुर बराल, बिशेष अतिथि सुचित तामाङ्ग, रजनी परियर लगायतले विजेता, उपविजेतालाई लगायतलाई पुरस्कार एवं सम्मान प्रदान गरेका थिए ।
सम्बन्धित खबर
पोखरा कप राष्ट्रिय पुरुष ह्यान्डबल सुरु
प्रथम पिङ्क सिटी महोत्सव कपको उपाधि गल्याङलाई
प्रथम अमलाचौर चापडाँडा भेट्रान्स भलिबल प्रतियोगिताको उपाधि युनाईटेड किङ्ग क्लबलाई
नेकोस कपको उपाधि गन्नी फुटबल क्लबलाई, डोरीतानमा सूर्य तारा प्रथम
पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबलमा ७ टिम भिड्दै
प्रथम पिङ्क सिटी महोत्सव कप: उपाधिका लागि गल्याङ र बिरुवा भिड्ने
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो