पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबलमा ७ टिम भिड्दै

पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबलमा ७ टिम भिड्दै

handball 1

पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगितामा ७ टिम भिड्ने पक्का भएको छ ।

गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता भोली (आइतबार)बाट सुरू हुँदैछ ।

करिव तीन वर्षको अन्तरालमा राष्ट्रियतस्तरको ह्याण्डबल प्रतियोगता हुन लागेको हो ।

प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र दुई विभागिय टोली नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरीको नेपाल एपिएफ क्लब भिड्ने भएका छन् ।

आयोजक प्रदेश ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा बैद्यका अनुसार प्रतियोगिता भोली बिहान ९ बजे पोखरा रंगशालास्थित बहुउद्धेश्यिय रंगशालामा सुरू हुनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता पहिलो दिन चार खेल हुने छन् । पहिलो दिन साढे २ बजे आयोजक र गण्डकीका बीच उद्घाटन खेल हुनेछ ।

प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले उद्घाटन गर्ने तय भएको ह्याण्डबल संघका उपाध्यक्ष गिरमान गुरूङले जानकारी दिए ।

प्रतियोगितामा पोखरा ह्याण्डबल कप उपाधि बिजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख खर्च हुने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ