प्रथम पिङ्क सिटी महोत्सव कप २०८१ को उपाधिका लागि गल्याङ नगरपालिका र बिरुवा गाउँपालिका भिड्ने भएका छन् ।
शनिबार भएको दोस्रो सेमिफाइनलमा बिरुवाले वालिङ् नगरपालिकालाई जितेसङ्गै गल्याङसङ्गको भेट पक्का गरेको हो । पहिलो सेट गुमाएको बिरुवाले वालिङ्लाई ३ – १ को सेटमा २४ – २६, २५ – २२, २५ – १७ र २५ – २३ अङ्कले जित निकालेको हो ।
वालिङ् खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गल्याङ नगरपालिकाले भीरकोट नगरपालिकालाई ३ – २ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । गल्याङले भीरकोटलाई २४ – २६, २५ – १९, २६ – २४, २५ – २० र १५ – १३ अङ्कले पराजित गरेको हो ।
वालिङ् चेम्बर अफ कमर्सद्वारा आयोजित प्रथम पिङ्क सिटी महोत्सव वालिङ् २०८१ को अवसरमा वालिङ् खेलमैदानमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको विजेता टिमले एक लाख ५५ हजार रुपैयाँ र उपविजेताले एक लाख पाँच हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
यस्तै, तेस्रो हुने टिमले ५५ हजार र चौथों हुनेले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्ये व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ नगद र बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट सर्भर, बेस्ट ब्लकर र बेस्ट डिफेन्डरलाई तीन/तीन हजार रुपैयाँ नगद प्रदान गरिने खेल संयोजक उमराज गुरुङले बताए ।
स्याङ्जा जिल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा यहाँका छ वटा पालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा वालिङ्, चापाकोट, गल्याङ, भीरकोट नगरपालिका र बिरुवा, कालीगण्डकी गाउँपालिकाको सहभागिता रहेको छ ।
सम्बन्धित खबर
जनप्रियमा चुनाव नगर्न क्रान्तिकारीसहित ३ संगठन सक्रिय
प्रथम पिङ्क सिटी महोत्सव कप: उपाधिका लागि गल्याङ र बिरुवा भिड्ने
प्रथम पिङ्क सिटी महोत्सव वालिङ्मा ‘व्याक टु नाइन्टिज’ को सेकेण्ड एडिसन सम्पन्न
शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट
नेकपा एमाले पोखरा १७ ले सुरु गर्यो जरा अभियान
एमाले गण्डकीको कार्यालय सचिवमा तनहुँका आरके पोख्रेल
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ