पक्षघातका बिरामीलाई दिइने निःशुल्क औषधि नेपाल आइपुग्यो, एक वर्षलाई पुग्ने

पक्षघातका बिरामीलाई दिइने निःशुल्क औषधि नेपाल आइपुग्यो, एक वर्षलाई पुग्ने

Ministry-of-Health

काठमाडौं । मस्तिष्कघातपछि पक्षघात भएका बिरामीलाई नि:शुल्क उपलब्ध गराइने औषधि नेपाल आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र डाइरेक्ट रिलिफ संस्थाबीच भएको सम्झौताअनुसार औषधि प्राप्त भएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।

बुढाथोकीका अनुसार ८०० भाइल ‘अल्टिप्लेस रिकम्बिनेन्ट २० मिलीग्राम’ औषधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त भएको छ । यो औषधिले करिब एक वर्षलाई पुग्ने चिकित्सकहरूले बताएको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

न्यूरोलोजीका चिकित्सकहरूले दिएको जानकारी अनुसार नेपालमा एक वर्षमा ३०० देखि ४०० को संख्यामा पक्षघातका बिरामी हुने गरेको छन् ।

बुढाथोकीका अनुसार यो औषधि कुन–कुन अस्पतालमार्फत कसरी वितरण गर्ने भनेर मन्त्रालयले औषधि वितरण योजना बनाउँदैछ ।

स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र उपचारात्मक महाशाखालाई समन्वय गरी योजना बनाउन स्वास्थ्य मन्त्रालयले निर्देशक दिएको छ । उनीहरुले वितरण योजना बनाएर मन्त्रालय पठाएपछि सोही अनुसार औषधि बिरामीलाई दिइने बुढाथोकीले बताए ।

पक्षघातको औषधि निशुल्क उपलब्ध गराउने विषयमा ६ हप्ता पहिला अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ र स्वास्थ्य मन्त्रालयबीच सम्झौता भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ