अमेरिकाले गर्‍यो दक्षिण अफ्रिकाका राजदूतलाई देश निकाला

अमेरिकाले गर्‍यो दक्षिण अफ्रिकाका राजदूतलाई देश निकाला

SFA

काठमाडौँ । अमेरिकाले दक्षिण अफ्रिकाका राजदूत इब्राहिम रसूललाई निष्कासित गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसबारे जानकारी दिँदै दक्षिण अफ्रिकी राजदूतमाथि अमेरिका र डोनाल्ड ट्रम्पप्रति ‘घृणा’ फैलाइरहेको आरोप लगाएका छन् ।

रुबियोले एक्समा लेखेका छन्, ‘दक्षिण अफ्रिकाका राजदूतलाई अब हाम्रो महान देश अमेरिकामा स्वागत छैन। इब्राहिम रसूल जातिवादी राजनीतिज्ञ हुन्, जसले अमेरिका र अमेरिकाका राष्ट्रपतिलाई घृणा गर्छन् ।’

उनले अगाडि थपेका छन्, ‘हाम अब उनीसँग कुनै कुरा गर्ने छैनौं, त्यसैले उनलाई अस्वीकार्य व्यक्ति मानिएको छ।’

अमेरिका र दक्षिण अफ्रिकाबीच बढ्दो तनावको बीच अमेरिकाले यो कदम चालेको हो ।

यसअघि, फेब्रुअरीमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको अमेरिकी सहायता रोकेका थिए ।

अफ्रिकाको एक कानुनी व्यवस्थाअनुसार श्वेत किसानहरूको जमिन जफत गर्न सकिने उल्लेख गर्दै ट्रम्पले दक्षिण अफ्रिकालाई दिंदै आएको सहायता रोक्ने निर्णय गरेका थिए ।

गत हप्ता ट्रम्पले अर्को विवादास्पद अभिव्यक्ति दिँदै दक्षिण अफ्रिकाका किसानहरूलाई अमेरिकामा बस्न स्वागत गरिने उल्लेख गरेका थिए ।

ट्रम्पले ‘ट्रुथ सोसल’मा लेखेका थिए, ‘दक्षिण अफ्रिकामा सुरक्षाका कारण आफ्नो देश छोड्न चाहने जोसुकै किसानलाई परिवारसहित बस्न अमेरिकी नागरिकतासहित निमन्त्रणा दिइन्छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ