पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिता सम्पन्न गर्न आयोजक समिति गठन गरिएको छ ।
गण्डकी प्रदेश ह्याण्डबल संघ र कास्की जिल्ला ह्याण्डबल संघको संयूक्त बैठकले प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्न आयोजक समिति गठन गरेको हो । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा उक्त प्रतियोगिता यहि चैत्र ३ देखि ५ गते सम्म पोखरामा आयोजना हुँदैछ । प्रतियोगिताको प्राविधिक सहयोग कास्की जिल्ला ह्याण्डबल संघले गर्नेछ ।
प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा बिहिबार बसेको बैठकमा दक्षिण एसियाली ह्याण्डबल महासंघका उपाध्यक्ष तेज बहादुर गुरूङको संयोजकत्वमा एक सल्लाहकार समिति गठन गरिएको छ । जसको सदस्यमा मोहन रेग्मी, दिल बहादुर गुरूङ, हरिप्रसाद पराजुली, राम बहादुर गुरूङ, शेर बहादुर गुरूङ, रत्नमान गुरूङ, खिम बहादुर गुरूङ, श्रीकृष्ण अधिकारी रहेका छन् ।
त्यस्तै समारोह व्यवस्थापन समितिको संयोजका शान्ती थापा बैध, प्राविधिक समितिको संयोजकमा गोपाल थापा, स्वास्थ्य समितिको संयोजकमा विष्णुमाया गुरूङ, ट्रफी, पदक तथा प्रमाणपत्रमा गिरमान गुरूङ, आवाश व्यवस्थापनमा चित्र बहादुर थापा, स्वयंसेवक उपसमितिमा तिलक बहादुर अधिकारी, मैदान व्यवस्थापनमा रण बहादुर गुरूङ, आर्थिक समितिमा कृष्ण सिंह बस्नेत ९शान्त० रहेको गण्डकी प्रदेश ह्याण्डबल संघका महासचिब राजेन्द्र पहाडीले जानकारी दिए ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको साढे २ वर्ष पछि उक्त प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल र पोखरा ह्याण्डबल एकेडेमीमा लिगकम नक आउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक गण्डकी प्रदेशसहित सबै प्रदेश र विभागिय टोलीको सहभागिता हुनेछ ।
प्रतियोगितामा पोखरा ह्याण्डबल कप उपाधि बिजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख खर्च हुने गण्डकी प्रदेश ह्याण्डबल संघले जनाएको छ ।
सम्बन्धित खबर
पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिताको तयारी
आयोजक सूर्य तारा नेकोस कपको फाइनलमा प्रवेश, बिहीबार गन्नी र एलसी भिड्ने
प्रदेश खेलकुद परिषद गण्डकीले थाल्यो दशौं राष्ट्रिय खेलकुदको तयारी
पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल चैत्र ३ गते देखि
पोखरा महानगरपालिका टि– २० क्रिकेट प्रतियोगिताको उपाधि लेखनाथ यूथ क्रिकेट क्लवलाई
प्रथम पिङ्क सिटी महोत्सव कप सुरु, वालिङ्को विजयी सुरुवात
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]