पोखरा । पोखराको प्रतिष्ठित व्यवसायीक संस्था बिजी एन ग्रुप प्रालिले सञ्चालनमा ल्याएको बिजी एन किचेन एण्ड इलेक्ट्रोनिक्सको नयाँ आउटलेट उद्याटन भएको छ । बिजीएन ग्रुपलले पोखरा–बागलुङ राजमार्ग तथा कोरला नाकाको प्रवेश बिन्दु पोखरा हरिचोकमा आफ्नै भवनमा बिजीएन कम्प्लेक्समा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । सोही नयाँ आउटलेटको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बुधबार एक कार्यक्रमकाबिच उद्याटन गरे ।
कार्यक्रममा बोल्दै मन्त्री थापाले नेपालमा केही हुँदैन भन्ने भावनालाई त्याग्नुपर्ने बताए । आर्थिकमन्दी भइरहेको अप्ठ्यारो अवस्थामा पनि बिजीएन ग्रुपले स्वेदशमा केही गर्नुपर्छ भन्ने सन्देश दिन सफल भएको भन्दै मन्त्री थापाले व्यवसाय सफलताको शुभकामना व्यक्त गरे ।
यस्तै कार्यक्रममा बाल्दै पोखराको निजी क्षेत्रका धरोहर एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले जोखिमको साहस लिन सक्ने व्यक्तिले नै सफलता प्राप्त गर्ने बताए । बिजीएन ग्रुपले मेहनत, धैर्यताले नै निरन्तर सफलता प्राप्त गरिरहेको उनको भनाई थियो । व्यवसायबाट अकुत कमाउने भन्दा पनि सेवा गरेर उचित लाभ लिने गरी व्यवसाय गर्न उनले सुझाब दिए ।
कम्पनीले आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ ।
कम्पनीका प्रबन्ध संचालक बालाकृष्ण कोइरालाले बिजएन ग्रुपको पाचौँ प्रतिष्ठानको रुपमा आफ्नै भवनमा घरयासी प्रयोजनका बस्तु बिक्री गर्ने किचन एण्ड इलेक्ट्रोनीक्स व्यवसाय सुरु गरिएको जानकारी दिए । व्यवसायी मैत्री पोखरा बनाउने र व्यवसायीक वातावरण बनाउनका लागि अप्ठ्यारो अवस्थामा पनि व्यवसाय विस्तार गरिएको उनले बताए ।
ग्रुपले भौतिक पूर्वाधार निर्माण क्षेत्रमा कार्य गर्दै आएको थियो, कोइरालाले भने, अहिले उपभोक्ताको आवश्यकता र मागलाई मध्यनजर गर्दै किचेन एण्ड इलेक्ट्रोनीक्सको नयाँ आउटलेट संचालनमा ल्याएका हौँ ।
हरिचोकदेखी याम्दी सम्मको सडक स्तरोन्तीको काम र आर्थिक मन्दीले समेत चुनौती थपिरहेको सन्र्दभमा उक्त क्षेत्रको व्यवसायलाई चलायमान बनाउन चुनौती रहे पनि गुणस्तरीय वस्तु शुलभ मूल्यमा उपभोक्ताको भान्सामा पुर्याउने उदेश्यले व्यवसाय सञ्चालनमा ल्याइएको प्रबन्ध सञ्चालक कोइरालाले बताए ।
सुरुवाती चरणमा २ करोडको लागतमा बिजीएन किचेन एण्ड इलेक्ट्रोनीक्स सञ्चालनमा आएको कोइरालाले बताए । सबै प्रकारका किचेन र इलेक्ट्रोनिक्स सामाग्री उपभोक्ताले खरिद गर्न सक्ने छन् ।
भान्सामा प्रयोग हुने ग्यासदेखी हिटर, पानी तताउने वाटर डिस्पेन्सर, वासिङमेसिन, गिजर, इलेक्ट्रीक भाडाकुडा साथै होटल तथा प्रतिष्ठानहरुका लागि आवश्यक बिजीएन किचेन र इलेक्ट्रोनीक्सका सम्पूर्ण सामाग्री उपलब्ध हुने कोइरालाले बताए ।
उद्याटनको अवसरमा १० प्रतिशत छुटको समेत सुविधा रहेको कोइरालाले बताए । कम्पनीका प्रबन्ध सञ्चालक कोइरालाकी ममतामयी आमा गौरी कोइरालाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
बिजीएन ग्रुप निर्माणको क्षेत्रमा उत्कृष्ट कर्य गर्दै आएको कम्पनी हो । जस अन्र्तगत भक्तगौरी निर्माण प्रालि, बिजीएन ट्रेडर्स (मोटर पार्टस), बिजीएन निर्माण प्रालि सञ्चालनमा छन् । प्रबन्ध सञ्चालक कोइरालाले विभिन्न सामाजिक संघसंथामा सक्रिय रहेका छन् ।
सम्बन्धित खबर
एसईईमा ४ जीपीए ल्याउनेलाई बारपाक सुलिकोटले १ लाख दिने
बिजी एन किचेन एण्ड इलेक्ट्रोनिक्सको नयाँ आउटलेट उद्याटन
फागुका विविध रङजस्तै नेपाली समाज पनि विविधतापूर्णः प्रदेश प्रमुख भट्ट
फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ
होलिल्याण्ड बाराही घाटमा नहुने, नयाँ भेन्यु कोमागाने पार्क तय
धवलागिरी क्याम्पस स्ववियु निर्वाचन: नेविसंघबाट सृष्टि आचार्यको उम्मेदवारी
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]