पोखराको फेवाताल किनार बाराही घाट चौरमा फागु पूर्णिमा होलीको दिन बिहीबार हुने भनिएको `होलिल्याण्ड´को कार्यक्रम स्थल सरेको छ ।
आयोजक प्रचार नेपाल र स्पेक्स फोर्टिनले बुधबार एउटा सूचना निकालेर कार्यक्रम हुने स्थान विशेष कारणले सार्नुपरेको जनाएको छ । कार्यक्रम कोमागाने पार्क (केदारेश्वर मन्दिर क्षेत्र)मा सारिएको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । अन्तिम समयमा कार्यक्रम स्थल सार्नुपरे पनि आफूहरुको उर्जा नघटेको पुरीले बताए ।
होलिल्याण्डको दोस्रो संस्करणमा पनि प्रवेश निशुल्क रहेको छ । कार्यक्रममा डिजे डेनी, डिजे अनिष, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडेको प्रस्तुति रहने उनले बताए । उक्त कार्यक्रमको स्टेज हाइपरमा बकबक (विवेक गुरुङ) रहेका छन् । स्टेज हाइपर भनेको डिजेले प्रस्तुति दिँदा माहोल बनाउने व्यक्ति हुन् ।
कार्यक्रममा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्लयास, खानाको स्टल र सांगीतिक प्रस्तुति आकर्षणको रुपमा रहने स्पेक्स फोर्टिनका संचालक महेश्वरसिंह भण्डारीले जानकारी दिए ।
बिहान ११ बजेदेखि ६ बजेसम्म हुने कार्यक्रमको सञ्चालक एकिन गुरुङ छन् । यो कार्यक्रमलाई टिल्ट योर वर्ल्ड र एक्स्पर्ट एजुकेसन एन्ड भिसाले सहयोग गरेको छ ।
प्रचार नेपालले पोखरामा प्रायः सांगीतिक कार्यक्रम गर्दै आएको छ । यो वर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे)मा द एज ब्यान्ड र स्वरको कन्सर्ट गरेको थियो जहाँ करिब ५ हजार दर्शक उपस्थित थिए । त्यसअघि गत कार्तिकमा चर्चित गायक सज्जनराज वैद्यको कन्सर्टको व्यवस्थापन प्रचार नेपालले नै गरेको थियो ।
अंग्रजी नयाँ वर्षको अवसरमा यो वर्ष आयोजित २६ औं सडक महोत्सवमा प्रचारले गत पुसमा ‘द एण्ड गेम’ नाम दिएर सबिन राई एण्ड फेरोह, पूर्ण राई र दाजु–भाइहरु, र्यापर डोंग, देवेन्द्र बब्लु एण्ड द फिरन्तेलगायतको कन्सर्ट गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला