पोखरा । कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ।
गाउँपालिकाको भिरकोट खेलमैदानमा आयोजित कार्यक्रममा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, झाँकी प्रदर्शन, कृषि तथा जैविक विविधता प्रदर्शनी आयोजना गरियो। कार्यक्रममा महको चाका खाने कार्यक्रम, स्थानीय रैथाने बाली तथा बाख्राको प्रदर्शनी समेत गरिएको थियो।
पुरुष भलिबलमा वडा नम्बर ६ विजेता बन्दै ७७ हजार रुपैयाँसहित उपाधि जित्यो। उपविजेता वडा नम्बर ७ ले ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्यो।
गाउँपालिकाको समृद्धिमा योगदान पुर्याउने सामाजिक व्यक्तित्व, विद्यावारिधि तथा एमडी उपाधि प्राप्त विभिन्न व्यक्तिहरूलाई ‘रुपा रत्न’ सम्मान प्रदान गरिएको थियो।
सम्मानित हुनेहरूमा डा. दिनेश न्यौपाने, कृष्ण पौडेल, प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद पंगेनी, सहप्राध्यापक कमला रानामगर, सुर्यप्रसाद तिमिल्सिना, नरहरी रेग्मी, डा. अनिल रेग्मी, अमृत गुरुङ, कालिदास न्यौपाने, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी नवराज सुवेदी र पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी रहेका छन्।
प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, गाउँपालिका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुरुङ लगायतले पुरस्कार वितरण तथा सम्मान गरेका थिए । विभिन्न दलका प्रतिनिधिहरूले शुभकामना दिएका थिए।




तस्वीर सौजन्यः गोविन्द सुवेदी/केन्द्रभाग
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला