काठमाडौँ । राजा फर्काउने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था जानुको सबैभन्दा ठुलो दोष राप्रपाको रहेको आरोप लगाएका छन् ।
‘हिजो सबैभन्दा ठुलो दोष, सबैभन्दा फ्रड काम गरेको राप्रपाले हो’, प्रसाईंले भने, ‘२०७२ असोज ४ कमल थापा र राजेन्द्र लिङ्देनले साइन गरेको थिएन भने न राजसंस्था जान्थ्यो न हिन्दु अधिराज्य जान्थ्यो ।’
प्रसाईंले राप्रपाले राजसंस्थालाई खोलामा लगेर तिलाञ्जली दिएको तर अहिले माहौल बनेपछि धमिलो पानीमा माछा मार्न लागेको बताए ।
‘धमिलो पानीमा माछा मार्नलाई ..। ए हामीले गरेको ?, नगरपालिकामा गयो अनि पैसा तिरेको ? चैत १ बाट आन्दोलन सुरु गरिहालौँ, दुर्गा प्रसाईं आउनुपर्यो हामीसँग मिल्नुपर्यो रे !’, प्रसाईंको भनाइ छ ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले चलाएको आन्दोलनमा सारथिको भूमिका निर्वाह गर्न आग्रह गरे । उनले राप्रपाले गणतन्त्रको भोज खाएर राप्रपाले राजसंस्थाको रक्षा गर्न नसक्ने समेत बताए ।
‘गणतन्त्रमा जाने भोज खाने खड्गप्रसाद ओलीसँग फोन गर्ने, अनि माहौल बन्यो भने परिहाल्छ कि भनेर त्यो गर्ने’, प्रसाईंले भने ।
‘राजाले पनि धैर्य भएर सोच्नुहोला । तपाईंले यो लडाइँमा सारथि भएर रथ हाँक्नुस्,म अर्जुनको भूमिकामा बाण चलाउँछु’, पूर्वराजालाई प्रसाईंले सुझाव दिए ।
सम्बन्धित खबर
राजावादीले लोकतन्त्र भित्रै आफ्नो ठाउँ खोज्नुस्, नभए क्रान्ति हुन्छः प्रचण्ड
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नु जस्तै हो- प्रवक्ता गुरूङ
‘मैले माहौल बनाएँ, कमल थापा राजेन्द्र लिङ्देन धमिलो पानीमा माछा मार्न आए’: दुर्गा प्रसाईं
प्रमुख दलका नेताहरु भन्छन्: ‘ज्ञानेन्द्रको गतिविधि आपत्तिजनक छ, सपना छोडिदिए हुन्छ’
ज्ञानेन्द्रलाई गृहमन्त्रीको जवाफ: ‘गणतन्त्रको विकल्प राजतन्त्र हुँदैन, धेरै हौसिन आवश्यक छैन’
पूर्वराजाको स्वागतमा सडकमा फोहोर गरेपछि राप्रपालाई काठमाडौं महानगरको १ लाख जरिवाना
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग